Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पहिलो प्राथमिकता : पर्यटनमन्त्री

२४ कार्तिक २०८१, शनिबार १३:४०

२४ कार्तिक,काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्री पाण्डे गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा सहयोग गर्नेहरूप्रति धन्यवाद ज्ञापन व्यक्त गरेका छन्।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार र शनिबार गरी चारवटा अन्तर्राष्ट्रिय विमान कम्पनीले उडान गरेको अवसरमा पर्यटनमन्त्री पाण्डेले आज प्रेस विज्ञप्ति जारी गर्दै आफूले मन्त्री पदको जिम्मेवारी समालेसँगै भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि पहिलो प्राथमिकता राखेको प्रष्ट पारे। उनले दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सहयोग गर्नेहरूप्रति धन्यवाद ज्ञापन गरे ।

मन्त्री पाण्डेले भने, ‘वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन र मैले मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै हामीले यी दुई विमानस्थल सञ्चालनलाई पहिलो प्राथमिकतामा राखेर सरोकारवाला मन्त्रालयका प्रतिनिधिसहितको सुझाव समिति गठन गरी सोही समितिको सुझावका आधारमा इन्धन मूल्य कम गर्ने तथा कर लगायतका विषयमा छुट दिने निर्णय गर्यौं।’

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि यसै हप्ता अन्तर्राष्ट्रिय चार्टड उडान भएको र सो विमानस्थलमा पनि थप उडानका लागि प्रयासहरू भइरहेको जानकारी दिए।

मन्त्री पाण्डेले ठूलो पूँजी लगानी गरेका विमानस्थल पूर्णरुपमा सञ्चालन हुन त्यससँग जोडिएका यातायात होटल तथा अध्यागमन श्रम लगायतका अन्तर सम्बन्धित (इन्टर लिङ्क) पूर्वाधारहरूको विकास हुनु आवश्यक हुने बताए।

प्रतिक्रिया दिनुहोस्