Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

भ्रष्टाचारीहरुकै प्रतिनिधिको रुपमा कांग्रेस र एमाले सरकारमा छन् : प्रचण्ड

२४ कार्तिक २०८१, शनिबार १३:४४

२४ कार्तिक,काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकारले भ्रष्टाचारीलाई कारबाही गर्न थालेपछि कांग्रेस र एमालेले संख्याको बलमा सरकार बनाएको आरोप लगाएका छन् ।

शनिबार मकवानपुरको थाहा नगरपालिकाको वाईसीएलको अधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले आफू नेतृत्वको तत्कालिन सरकारले भ्रष्टाचारीलाई कारबाही गर्न थालेपछि कांग्रेस र एमाले उनीहरुलाई बचाउने बाध्यतामा परेको दाबी गरेका हुन् ।

प्रचण्डले भने- ‘भ्रष्टाचारीहरुकै प्रतिनिधिको रुपमा अहिले कांग्रेस र एमाले सरकारमा छन् । उनीहरु सरकारमा छन् तर दिनदिनै जनताको नजरमा गिरिरहेका छन् । जहाँ जहाँ राम्रो काम भएको थियो, त्यो त्यो काम उल्टाउने कोशिस भैरहेको छ । मैले नै पहल गरेर लोडसेडिङमुक्त गरें । अहिलेको सरकारलाई यो लोडसेडिङमुक्त भएको विल्कुल मन परेको छैन् । उनीहरु देशलाई फेरि अँध्यारो युगतर्फ लैजान चाहन्छन् ।’

प्रचण्डले देशमा भूमाफियालाई आफूले कारबाही गरेको पनि स्मरण गराए । उनले सरकारी जग्गा जालझेल र षड्यन्त्र गरेर व्यक्तिको नाममा लैजाने षड्यन्त्रकारीलाई आफ्नो नेतृत्वको सरकारले कारबाही गरेको बताउँदै अहिलेका प्रधानमन्त्रीले तिनैबाट दान लिएर भ्रष्टाचारीलाई संरक्षण गर्न खोजिरहेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्