Trending
आज यी चार प्रदेशमा वर्षासहित हिमपातको सम्भावना     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर     |     नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप सगरमाथा स्वीमिङ क्लब     |     इंग्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा     |     सल्यानमा दुई सातामा उच्च ज्वरोबाट चारको मृत्यु, ५१ जनामा स्क्रबटाइफस     |     सुर्खेतमा ब्राउनसुगरसहित तीन जना पक्राउ     |     राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन     |     चलचित्र ‘पाँच पाण्डव’ शुभमुहूर्त     |     सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो     |     पश्चिमी वायुको प्रभाव कायमै     |    
समाचार

पुथा उत्तरङ्गामा एमाले र माओवादीले छाने उम्मेदवार

२४ कार्तिक २०८१, शनिबार १३:५३

२४ कार्तिक,काठमाडौं। आउँदो मंसिर १६ मा हुने उपनिर्वाचनमा रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्ष र वडाध्यक्षमा प्रतिस्पर्धा गर्न नेकपा एमाले र माओवादी केन्द्रले उम्मेदवार टुंग्याएका छन् ।

माओवादी रुकुम जिल्ला संयोजक कुमारी बरालले माओवादी केन्द्रबाट ज्ञानदेवी पुनलाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिएकी छन् । यहाँ यसअघि पनि माओवादीले नै जितेको थियो ।

पुथा उत्तरगंगामा यसअघि एमालेले केशकुमारी तुलाधरलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । नेपाली कांग्रेसका जिल्ला  उपसभापति भीमबहादुर खड्काले  आगामी सोमबारभित्र उम्मेदवारको  टुङ्गो लगाउने जानकारी दिए ।

यस्तै सोही गाउँ पालिकाको  २ नम्बर वडाध्यक्षमा माओवादी केन्द्रले जगत घर्ती मगर र एमालेले जीवन रोका मगरलाई वडाध्यक्षको उम्मेदवार बनाउने भएको छ ।

मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवार मनोनयन गर्नुपर्ने समय तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्