Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

पुथा उत्तरङ्गामा एमाले र माओवादीले छाने उम्मेदवार

२४ कार्तिक २०८१, शनिबार १३:५३

२४ कार्तिक,काठमाडौं। आउँदो मंसिर १६ मा हुने उपनिर्वाचनमा रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्ष र वडाध्यक्षमा प्रतिस्पर्धा गर्न नेकपा एमाले र माओवादी केन्द्रले उम्मेदवार टुंग्याएका छन् ।

माओवादी रुकुम जिल्ला संयोजक कुमारी बरालले माओवादी केन्द्रबाट ज्ञानदेवी पुनलाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिएकी छन् । यहाँ यसअघि पनि माओवादीले नै जितेको थियो ।

पुथा उत्तरगंगामा यसअघि एमालेले केशकुमारी तुलाधरलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । नेपाली कांग्रेसका जिल्ला  उपसभापति भीमबहादुर खड्काले  आगामी सोमबारभित्र उम्मेदवारको  टुङ्गो लगाउने जानकारी दिए ।

यस्तै सोही गाउँ पालिकाको  २ नम्बर वडाध्यक्षमा माओवादी केन्द्रले जगत घर्ती मगर र एमालेले जीवन रोका मगरलाई वडाध्यक्षको उम्मेदवार बनाउने भएको छ ।

मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवार मनोनयन गर्नुपर्ने समय तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्