Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

‘नीजि स्वार्थलाई हटाउने हो भने कम्युनिष्ट पार्टी एकताबद्ध हुन समय लाग्दैन’

२४ कार्तिक २०८१, शनिबार १४:०४

२४ कार्तिक,काठमाडौं। जनताको सर्वोत्तम हितलाई केन्द्रमा राखेर ‘लेनिन’ले अगाडि सारेको विचारलाई नेपाली विशेषताअनुसार विकास गर्नुपर्नेमा वामपन्थी नेताहरूले जोड दिएका छन् ।

लेनिन स्मृति शतवार्षिकी मूल आयोजक समितिले आज यहाँ आयोजना गरेको ‘अक्टोबर क्रान्ति र लेनिन’ विषयक विचार गोष्ठीमा नेताहरूले कम्युनिस्ट आन्दोलनका शीर्ष नेता भीआई लेनिनले अगाडि सारेका विचारलाई नेपाली विशेषतामा थप परिस्कृत र समृद्ध बनाउनुपर्नेमा जोड दिएका हुन् ।

नेपालका अधिकांश कम्युनिस्ट पार्टीले लेनिनवादी संगठनात्मक सिद्धान्त अपनाएको भए पनि कमजोरी स्वीकार गरेर त्यसअनुसार विकास गर्न नसकेको नेताहरूको धारणा थियो ।

जताततै कम्युनिस्ट पार्टी भएपनि उनीहरु एकता हुन नसकेको, वैचारिक, राजनीतिक एवम् संगठनात्मक विषयमा समान धारणा हुन नसकेको तथा व्यक्तिकेन्द्रीत प्रवृत्तिका कारण वामपन्थी आन्दोलन समृद्ध बन्न नसकेको उनीहरुको भनाइ थियो ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेताको नीजि स्वार्थलाई हटाउने हो भने कम्युनिष्ट पार्टी एकतावद्ध हुन एकाध दिनभन्दा बढी समय नलाग्ने बताए । पार्टीअनुसार नै लेनिनलाई हेर्ने दृष्टिकोण रहेको र त्यसमा एकरुपता कायम हुन नसकेको तथा व्यक्तिगत स्वार्थका कारण विचारमा भ्रष्टीकरण हुन पुगेको उनको भनाइ छ ।

महासचिव भुसालले भने, “यतिबेला हामीले खास अर्थमा लेनिनवादलाई अङ्गीकार गर्ने हो भने घुस नखाने पार्टी बनाउनुपर्छ । त्यसो मात्रै गरियो भने पनि क्रान्ति आफैँ अगाडि बढ्छ ।” लेनिनवादको नाम जप्दै कम्युनिस्ट पार्टीका नेताले नै मानव तस्करी गरिरहेकामा उनले रोष प्रकट गरे ।

नेकपा (माओवादी केन्द्र) का युवा नेता लेखनाथ न्यौपानेले नेपाली विशेषतामा आधारित भएर लेनिनले अगाडि सार्नुभएको विचारलाई थप समृद्ध बनाउनुपर्ने बताए । उनले क्रान्तिकारी पार्टी निर्माणका लागि विचार नै प्रमुख सर्त भएको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्