Trending
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |     भोटेकोशी बाढीपीडितको पुनःस्थापना कार्य सुरु भएको मन्त्री तिमिल्सिनाको भनाइ     |    
खेलकुद

भलिवलकी कविता भट्टलाई वर्ष पिपल्स च्वाइस अवार्ड

२८ भाद्र २०८१, शुक्रबार १३:२७

२८ भदौ,काठमाडौँ। भलिबल खेलाडी कविता भट्टले शुक्रवार पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत वर्ष पिपल्स च्वाइस अवार्ड जितेकी छिन्।‌ उनले ५६ प्रतिशत मत सहित अवार्ड जितेकी हुन्।

राष्ट्रिय भलिबल खेलाडी कविता नेपाल काभा महिला नेसन्स लिग २०२४‌‌ मा नेपाल दोस्रो हुँदा र काभा महिला भलिबल च्यालेन्ज कप २०२३ मा तेस्रो हुँदा टोलीको सदस्य थिइन् । घरेलु प्रतियोगितामा उनको प्रदर्शन अब्बल रहेको थियो।

उनले पल्सर मोटरसाइकल प्राप्त गरिन्। मतका आधारमा १९ प्रतिशत मतसहित कबड्डीकी मानमती बिष्ट दोस्रो, १६ प्रतिशत सहित फुटबलकी प्रिती राई तेस्रो तथा क्रिकेटका गुल्सन झा र रग्बीका श्रीराम चौथो भए।

प्रतिक्रिया दिनुहोस्