Trending
आज यी चार प्रदेशमा वर्षासहित हिमपातको सम्भावना     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर     |     नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप सगरमाथा स्वीमिङ क्लब     |     इंग्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा     |     सल्यानमा दुई सातामा उच्च ज्वरोबाट चारको मृत्यु, ५१ जनामा स्क्रबटाइफस     |     सुर्खेतमा ब्राउनसुगरसहित तीन जना पक्राउ     |     राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन     |     चलचित्र ‘पाँच पाण्डव’ शुभमुहूर्त     |     सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो     |     पश्चिमी वायुको प्रभाव कायमै     |    
समाचार

दश दिनको म्याद सकिएपछि रवि लामिछानेलाई आज अदालत लगिँदै

२५ कार्तिक २०८१, आईतवार ०२:४८

२५ कार्तिक,काठमाडौँ। सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागि आइतबार अदालत लगिँदै छ।

प्रहरीले कात्तिक २० गते पाएको १० दिनको म्याद सकिएपछि उनलाई म्याद थपका लागि अदालत उपस्थित गराउन लागिएको हो । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दामा उनीविरुद्धको अनुसन्धानका लागि अदालतले प्रहरीलाई गत कात्तिक २० गते १० दिनको म्याद दिएको थियो । १४ गतेदेखि गणना हुनेगरी थप भएको उक्त म्याद सकिएको छ ।

सहकारी ठगी र संगठित अपराधमा कात्तिक २ मा पक्राउ परेका लामिछानेको अनुसन्धान जारी रहेकाले आइतवार पनि प्रहरीले थप म्याद माग्ने जनाइएको छ । यसबीच आफ्ना सभापतिको पक्षमा निरन्तर आन्दोलनमा उत्रिएको रास्वपाले आइतवार पोखरामा प्रदर्शन गर्ने तयारी गरेको छ ।

रास्वपाले बिहान १० बजे जिरो चौममा जम्मा भएर वाइचोकमा पुगेर सभा आयोजना गर्नेछ । रास्वपाले रविलामिछानेलाई अदालत पेस गर्दा प्रदर्शन गर्दैै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्