Trending
अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |     दाङको तुल्सीपुर क्षेत्रमा नेपाली सेनाको सशक्त सुरक्षा गस्ती     |     काठमाडौंबाट मधेसीलाई लखेटने बालेनहरु मधेसी हुनैसक्दैनन् : प्रभु साह     |     चलचित्र ‘जिरो डिग्री’मा नायिका सनिशा भट्टराईको ‘इन्ट्री’     |     आजबाट इलाममा फ्रेन्ड्स सिनेमाजको नयाँ हल सञ्चालनमा पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल     |     कांग्रेसले फागुन १७ गते काठमाडौँमा चुनावी सभा गर्ने     |     रास्वपाको पोखराको जनसम्बोधन कार्यक्रम पनि स्थगित्     |    
समाचार

दश दिनको म्याद सकिएपछि रवि लामिछानेलाई आज अदालत लगिँदै

२५ कार्तिक २०८१, आईतवार ०२:४८

२५ कार्तिक,काठमाडौँ। सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागि आइतबार अदालत लगिँदै छ।

प्रहरीले कात्तिक २० गते पाएको १० दिनको म्याद सकिएपछि उनलाई म्याद थपका लागि अदालत उपस्थित गराउन लागिएको हो । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दामा उनीविरुद्धको अनुसन्धानका लागि अदालतले प्रहरीलाई गत कात्तिक २० गते १० दिनको म्याद दिएको थियो । १४ गतेदेखि गणना हुनेगरी थप भएको उक्त म्याद सकिएको छ ।

सहकारी ठगी र संगठित अपराधमा कात्तिक २ मा पक्राउ परेका लामिछानेको अनुसन्धान जारी रहेकाले आइतवार पनि प्रहरीले थप म्याद माग्ने जनाइएको छ । यसबीच आफ्ना सभापतिको पक्षमा निरन्तर आन्दोलनमा उत्रिएको रास्वपाले आइतवार पोखरामा प्रदर्शन गर्ने तयारी गरेको छ ।

रास्वपाले बिहान १० बजे जिरो चौममा जम्मा भएर वाइचोकमा पुगेर सभा आयोजना गर्नेछ । रास्वपाले रविलामिछानेलाई अदालत पेस गर्दा प्रदर्शन गर्दैै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्