Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

कालीकोट जिप दुर्घटनाका घाइतेलाई सेनाको हेलिकप्टरबाट सुर्खेत ल्याइयो

२५ कार्तिक २०८१, आईतवार १२:४२

२५ कार्तिक, कालिकोट। कालिकोट जीप दुर्घटनामा गम्भीर घाइते भएका ८ जनालाई सुर्खेत ल्याइएको छ।

घाइतेहरूलाई प्रदेश अस्पताल सुर्खेतमा उपचारका लागि भर्ना गरिएको प्रदेश प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार कालिकोटको पलाँता गाउँपालिकाको थिर्पुदेखि राम्नाकोट जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप राडीनेटामा दुर्घटना भएको थियो ।

जिप सडकबाट करिब २ सय मिटर तल खस्दा दुर्घटनामा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ९ जना गम्भीर घाइते भएका छन् ।

उनका अनुसार बाँकी ५ घाइते लिन हेलिकप्टर घटनास्थलतर्फ उडेको छ। आइतबार दिउँसो पलाँता गाउँपालिका-३ को राहुनेटा भन्‍ने ठाउँमा कप्र ००१ ज५६ नम्बरको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएको कालिकोट प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्