Trending
परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक     |     २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’     |     सुनको मूल्य घट्यो, चाँदीको बढ्यो     |     देशभरको मौसम सफा रहने पूर्वानुमान     |     आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर     |     नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |    
खेलकुद

थाइल्यान्डविरुद्ध नेपालको अर्को जित

२५ कार्तिक २०८१, आईतवार १३:०६

२५ कार्तिक, काठमाडौं। नेपालले आईसीसी महिला यु-१९ विश्वकपको एसिया छनोटमा आइतबार थाइल्यान्डविरुद्ध १०६ रनको फराकिलो जित निकालेको छ।

जितसँगै चार खेलमा ६ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ। यसअघि थाइल्यान्डलाई ६७ र कुवेतलाई १०८ रनले हराएको नेपालले घरेलु टोली युएईविरुद्ध १३ रनको पराजय बेहोरेको थियो। नेपालले पहिलो र दोस्रो खेलमा क्रमशः थाइल्याण्ड र कुवेतलाई हराएको थियो । तेस्रो खेलमा भने नेपाल यूएईसँग १३ रनले पराजित भएको थियो । थाइल्याण्डको यो तेस्रो हार हो ।

आफ्नो चौथो खेलमा नेपालले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको थाइल्याण्ड १६ ओभरमा ३३ रनमै अलआउट भयो । उसका कुनै पनि ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । थाइल्याण्डका ६ ब्याटर शून्यमै आउट भए । नेपालका लागि कुसुम गोदारले तीन, रिया शर्मा र रचना चौधरीले दुई/दुई र कप्तान पूजा महतोले एक विकेट लिइन् ।

त्यसअघि यूएईको द सेभेन रंगशालामा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनायो । नेपालका लागि साना प्रवीनले सर्वाधिक ५३ रन बनाइन् । ४६ बलको सामना गरेकी उनले सात चौका प्रहार गरिन् । जारी प्रतियोगितामा यो सानाको पहिलो अर्धशतक हो । यस्तै, सावित्री धामीले २८ र सोनीले पाख्रिनले १९ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्