Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

थाइल्यान्डविरुद्ध नेपालको अर्को जित

२५ कार्तिक २०८१, आईतवार १३:०६

२५ कार्तिक, काठमाडौं। नेपालले आईसीसी महिला यु-१९ विश्वकपको एसिया छनोटमा आइतबार थाइल्यान्डविरुद्ध १०६ रनको फराकिलो जित निकालेको छ।

जितसँगै चार खेलमा ६ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ। यसअघि थाइल्यान्डलाई ६७ र कुवेतलाई १०८ रनले हराएको नेपालले घरेलु टोली युएईविरुद्ध १३ रनको पराजय बेहोरेको थियो। नेपालले पहिलो र दोस्रो खेलमा क्रमशः थाइल्याण्ड र कुवेतलाई हराएको थियो । तेस्रो खेलमा भने नेपाल यूएईसँग १३ रनले पराजित भएको थियो । थाइल्याण्डको यो तेस्रो हार हो ।

आफ्नो चौथो खेलमा नेपालले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको थाइल्याण्ड १६ ओभरमा ३३ रनमै अलआउट भयो । उसका कुनै पनि ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । थाइल्याण्डका ६ ब्याटर शून्यमै आउट भए । नेपालका लागि कुसुम गोदारले तीन, रिया शर्मा र रचना चौधरीले दुई/दुई र कप्तान पूजा महतोले एक विकेट लिइन् ।

त्यसअघि यूएईको द सेभेन रंगशालामा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनायो । नेपालका लागि साना प्रवीनले सर्वाधिक ५३ रन बनाइन् । ४६ बलको सामना गरेकी उनले सात चौका प्रहार गरिन् । जारी प्रतियोगितामा यो सानाको पहिलो अर्धशतक हो । यस्तै, सावित्री धामीले २८ र सोनीले पाख्रिनले १९ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्