२६ कार्तिक, काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।
जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो १००, गोलभेँडा सानो टनेलको १३५, आलु रातोको ८०, काउली स्थानीयको १२०, टाटेसिमीको ९० रुपैयाँ कायम भएको छ ।
यसैगरी लसुन सुकेको नेपालीको ३५०, लसुन हरियोको २५०, अदुवाको १५० रुपैयाँ कायम हुँदा केरा दर्जनको १७०, अनारको ४८०, अम्बाको १८० रुपैयाँ कायम छ ।