Trending
परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक     |     २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’     |     सुनको मूल्य घट्यो, चाँदीको बढ्यो     |     देशभरको मौसम सफा रहने पूर्वानुमान     |     आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर     |     नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |    
समाचार

ट्रम्पले रुसी समकक्षी पुटिनसँग गरे टेलिफोन वार्ता

२६ कार्तिक २०८१, सोमबार ०३:०३

२६ कार्तिक, काठमाडौं। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरेका छन् ।

राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएपछि पहिलो पटक वार्ता भएको वाशिंगटन पोस्टले जनाएको छ । वार्तामा ट्रम्पले युक्रेन युद्धलाई थप नचर्काउन आग्रह गर्दै युरोपमा शान्ति स्थापना गर्ने विषयमा छलफल गरेका थिए ।

ट्रम्पले यो वार्तामा रुसले युक्रेनमा कब्जा गरेका भूभागको विषय पनि उठाएको जनाइएको छ । तर, यसबारे विस्तृत विवरण भने सार्वजनिक गरेका छैनन् । ट्रम्पले आफ्नो कार्यकालमा युद्धलाई थप बिग्रन नदिने इच्छा व्यक्त गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार युक्रेन सरकारलाई पनि ट्रम्प–पुटिनको यस वार्ताको जानकारी दिइएको छ । ट्रम्पले आफूले युक्रेन युद्धलाई छिट्टै समाधान गर्ने बताउँदै आए पनि कसरी शान्ति स्थापना गर्ने भन्ने ठोस योजना भने सार्वजनिक गरेका छैनन् ।

ट्रम्पले युक्रेनलाई सैन्य सहायता भने रोक्ने संकेत गरेका छन् । वर्तमान राष्ट्रपति जो बाइडेन प्रशासनले युक्रेनलाई अर्बौँ डलरको सैन्य सहायता दिएको छ । ट्रम्पका अभियान अधिकारी ब्रायन लान्जाले भने ‘शान्ति प्राप्त गर्न युक्रेनले केही भूभाग छोड्नुपर्ने हुन सक्छ ।’ तर, ट्रम्पका प्रवक्ताले भने यो कुरा ब्रायन लान्जाको व्यक्तिगत धारणा रहेको र ट्रम्पको आधिकारिक धारणा नभएको प्रस्ट पारेका छन् ।

रुसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभले ट्रम्पको शान्तिको प्रस्तावलाई सकारात्मक संकेतको रूपमा लिएको बताएका छन् । उनका अनुसार ट्रम्पले सम्झौतामा विश्वास गर्ने र शान्तिको लागि पहल गर्न चाहने कुरा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्