Trending
राष्ट्रपतिबाट प्रधानमन्त्रीको राजीनामा स्वीकृत     |     रास्वपा सांसदले सामूहिक राजीनामा     |     ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा     |     सेनाले क्वाटरबाट मन्त्रीलाई सार्‍यो सुरक्षित स्थानमा     |     स्वास्थ्यमन्त्री पौडेलले दिए राजीनामा     |     युवापुस्ताको ज्यान लिनु निन्दनीय : पूर्वाराजा     |     सिंहदरबारभित्र छिरे प्रदर्शनकारी     |     जेनजी प्रदर्शन : ट्रमामा थप दुईको मृत्यु, मृतकको संख्या १७ पुग्यो     |     हामी सबै धेरै अघि नै शहीद भइसकेका छौँः पारस खड्का     |     कांग्रेस केन्द्रीय सदस्यले मागे गृहमन्त्रीको राजीनामा     |    
समाचार

पाकिस्तानका प्रधानमन्त्रीसँग राजदूत अधिकारीको बिदाइ भेट

२६ कार्तिक २०८१, सोमबार १५:२५

२६ कार्तिक,काठमाडौँ। पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले पाकिस्तानका प्रधानमन्त्री मुहम्मद सहबाज सरिफसँग बिदाइ भेट गरेका छन् ।

आफ्नो कार्यकाल पूरा गरी स्वदेश फिर्ता हुने क्रममा राजदूत अधिकारीले इस्लामाबादस्थित प्रधानमन्त्री कार्यालयमा बिदाइ भेट गरेका हुन् ।त्यस अवसरमा नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्ध, दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क) मार्फत क्षेत्रीय सहकार्यलगायतका विषयमा छलफल भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

पाकिस्तानका प्रधानमन्त्री सरिफले राजदूत अधिकारीको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ मजबुद भएको उल्लेख गर्दै अधिकारीको आगामी कार्यकाल सुखद् होस् भनी कामना गरेका थिए ।

त्यस अवसरमा पाकिस्तानका उपप्रधानमन्त्री, परराष्ट्रमन्त्री मुहम्मद इशक दर, प्रधानमन्त्री सरिफका परराष्ट्र मामिलासम्बन्धी विशेष सहायक तारिक फतेमी, पाकिस्तानका परराष्ट्र सचिव अमना बोलाचका साथै नेपाली दूतावास उपप्रमुख सन लोकबहादुर क्षेत्रीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्