Trending
अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |     दाङको तुल्सीपुर क्षेत्रमा नेपाली सेनाको सशक्त सुरक्षा गस्ती     |     काठमाडौंबाट मधेसीलाई लखेटने बालेनहरु मधेसी हुनैसक्दैनन् : प्रभु साह     |     चलचित्र ‘जिरो डिग्री’मा नायिका सनिशा भट्टराईको ‘इन्ट्री’     |     आजबाट इलाममा फ्रेन्ड्स सिनेमाजको नयाँ हल सञ्चालनमा पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल     |     कांग्रेसले फागुन १७ गते काठमाडौँमा चुनावी सभा गर्ने     |     रास्वपाको पोखराको जनसम्बोधन कार्यक्रम पनि स्थगित्     |    
समाचार

रवि लामिछानेलाई रुपन्देही लगिने भएपछि प्रदर्शनको तयारीमा रास्वपा

२६ कार्तिक २०८१, सोमबार १५:३४

२६ कार्तिक,काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मंगलबार बयानका लागि रुपन्देही ल्याउने तयारी भएपछि रास्वपाले विरोध प्रदर्शनको तयारी गरेको छ ।

‘राजनीतिक प्रतिशोध विरुद्धको ऐक्यबद्धताका लागि’ भन्दै कार्यकर्ताले भैरहवास्थित लुम्बिनी गेटमा प्रदर्शन गर्न लागेका हुन् । रास्वपा नेता बुद्धि शर्माले मंगलबार बिहान साढे ११ बजे प्रदर्शनको तयारी भएको बताए ।

रुपन्देहीको सहकारी ठगीमा पनि संलग्नता देखिएको भन्दै रुपन्देही जिल्ला अदालतको पक्राउ पुर्जीअनुसार कास्की प्रहरीले प्रहरीलाई लामिछानेलाई मंगलबार बिहान जहाजमा पठाउन लागेको हो।

लुम्बिनीका सबै जिल्लाका रास्वपाका शुभेच्छुकलाई विहान ११ बजे बुटवल पुग्ने गरी हिँड्न सर्कुलर गरिएको छ । प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न लामिछाने, जीवी राईसहित १२ जनालाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतबाट यसअघि नै अनुमति लिइसकेको छ ।

रविलाई कात्तिक २ गते काठमाडौँको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको थियो। कात्तिक ४ गते जिल्ला अदालत कास्की पेस गरिएकोमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सुरुमा ६ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो।

त्यसपछि दोस्रोपटक ७ दिनको म्याद थपिएकोमा तेस्रोपटक १० दिन थपिएको थियो। लामिछानेलाई पक्राउको विरोधमा रास्वपाले भने देशभरि विरोध प्रदर्शन गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्