Trending
आज यी चार प्रदेशमा वर्षासहित हिमपातको सम्भावना     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर     |     नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप सगरमाथा स्वीमिङ क्लब     |     इंग्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा     |     सल्यानमा दुई सातामा उच्च ज्वरोबाट चारको मृत्यु, ५१ जनामा स्क्रबटाइफस     |     सुर्खेतमा ब्राउनसुगरसहित तीन जना पक्राउ     |     राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन     |     चलचित्र ‘पाँच पाण्डव’ शुभमुहूर्त     |     सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो     |     पश्चिमी वायुको प्रभाव कायमै     |    
समाचार

एमाले जनप्रतिनिधिले अण्डकोषमा हान्दा पोखराका नगर प्रहरी मरणासन्न

२७ कार्तिक २०८१, मंगलवार ०२:५८

२७ कात्तिक, पोखरा। पोखरामा एमाले जनप्रतिनिधिले अण्डकोषमा प्रहार गर्दा एक नगर प्रहरी मरणासन्न बनेका छन् ।

महानगरको कार्यपालिका बैठकले गरेको करार कर्मचारी हटाउने निर्णयको विरोधका क्रममा एमाले जनप्रतिनिधिले नगर प्रहरी सन्तबहादुर केसी घाइते भएका हुन् ।

तत्कालै प्रहरीको भ्यानमा चढाएर अस्पताल लगिएकोमा गण्डकी मेडिकल कलेजमा उनको उपचार भइरहेको छ । केसीले आफूमाथि आक्रमण भएको र आक्रमणमा संलग्नहरुको नाम बताइरहँदा महानगरले भने खोजी भइरहेको जनाएको छ ।

स्रोतका अनुसार केसीको तर्फबाट जनप्रतिनिधिविरुद्ध बैदाम प्रहरीमा जाहेरी दिन लागिएको छ । ‘घोप्टो परेर ढल्न लागेको बेलामा पनि कुट्न आउनुभयो,’ केसीले भने, ‘मलाई कुट्दा ४ जना नजिक थिए । उनीहरुमध्येकै जनप्रतिनिधिले कुटेका हुन् ।’ जनप्रतिनिधिबाटै असुरक्षित भएपछि महानगरमा फर्किएर काम गर्न समस्या हुने उनको भनाई छ ।

‘सेवामा खटिएको मान्छेलाई जनप्रतिनिधिले यसरी कुट्न थाल्ने हो भने कसरी काम गर्न सकिन्छ ?,’ उनले भने । महानगरका प्रवक्ता मोती तिमिल्सिनाले उनको अवस्था सामान्य नरहेको बताए । ‘स्वास्थ्य गम्भीर नै छ । पेट फुलेको छ । संवेदनशील अंग पनि सुनिएको अवस्था छ,’ उनले भने, ‘बोल्न पनि सकिरहनुभएको छैन ।’ घटनाको अनुसन्धान गरी दोषीमाथि कारबाही हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्