Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

एमाले जनप्रतिनिधिले अण्डकोषमा हान्दा पोखराका नगर प्रहरी मरणासन्न

२७ कार्तिक २०८१, मंगलवार ०२:५८

२७ कात्तिक, पोखरा। पोखरामा एमाले जनप्रतिनिधिले अण्डकोषमा प्रहार गर्दा एक नगर प्रहरी मरणासन्न बनेका छन् ।

महानगरको कार्यपालिका बैठकले गरेको करार कर्मचारी हटाउने निर्णयको विरोधका क्रममा एमाले जनप्रतिनिधिले नगर प्रहरी सन्तबहादुर केसी घाइते भएका हुन् ।

तत्कालै प्रहरीको भ्यानमा चढाएर अस्पताल लगिएकोमा गण्डकी मेडिकल कलेजमा उनको उपचार भइरहेको छ । केसीले आफूमाथि आक्रमण भएको र आक्रमणमा संलग्नहरुको नाम बताइरहँदा महानगरले भने खोजी भइरहेको जनाएको छ ।

स्रोतका अनुसार केसीको तर्फबाट जनप्रतिनिधिविरुद्ध बैदाम प्रहरीमा जाहेरी दिन लागिएको छ । ‘घोप्टो परेर ढल्न लागेको बेलामा पनि कुट्न आउनुभयो,’ केसीले भने, ‘मलाई कुट्दा ४ जना नजिक थिए । उनीहरुमध्येकै जनप्रतिनिधिले कुटेका हुन् ।’ जनप्रतिनिधिबाटै असुरक्षित भएपछि महानगरमा फर्किएर काम गर्न समस्या हुने उनको भनाई छ ।

‘सेवामा खटिएको मान्छेलाई जनप्रतिनिधिले यसरी कुट्न थाल्ने हो भने कसरी काम गर्न सकिन्छ ?,’ उनले भने । महानगरका प्रवक्ता मोती तिमिल्सिनाले उनको अवस्था सामान्य नरहेको बताए । ‘स्वास्थ्य गम्भीर नै छ । पेट फुलेको छ । संवेदनशील अंग पनि सुनिएको अवस्था छ,’ उनले भने, ‘बोल्न पनि सकिरहनुभएको छैन ।’ घटनाको अनुसन्धान गरी दोषीमाथि कारबाही हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्