Trending
आज यी चार प्रदेशमा वर्षासहित हिमपातको सम्भावना     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर     |     नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप सगरमाथा स्वीमिङ क्लब     |     इंग्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा     |     सल्यानमा दुई सातामा उच्च ज्वरोबाट चारको मृत्यु, ५१ जनामा स्क्रबटाइफस     |     सुर्खेतमा ब्राउनसुगरसहित तीन जना पक्राउ     |     राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन     |     चलचित्र ‘पाँच पाण्डव’ शुभमुहूर्त     |     सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो     |     पश्चिमी वायुको प्रभाव कायमै     |    
समाचार

सहकारी प्रकरण : रविलाई बयानका लागि बुटवल लगिँदै

२७ कार्तिक २०८१, मंगलवार ०३:३३

२७ कात्तिक, पोखरा। सहकारी रकम अपचलनको अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज भैरहवा लगिने भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा अनुसन्धान गर्न उनलाई बिहानै बुटवल लान लागिएको हो। पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले कडा सुरक्षाकाबीच अहिले पोखरा विमानस्थल पुर्‍याएको छ।

सुप्रिम सहकारीको रकम हिनामिना गरेको आरोपमा यस अघि नै लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ। बुटवलको सुप्रिम सहकारीको बचत रकम मध्ये १४ करोड बढी रकम गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीवी राई, सञ्चालक छविलाल जोशी तथा रवि लामिछानेको समूहले अपचलन गरेको रूपन्देहीमा मुद्दा छ।

सोही सहकारीको रकम अपचलनमा कुमार रम्तेल र शिवबहादुर गुरुङको लाई रूपन्देहीमा सरकारी वकिल समक्ष बयान जारी छ ।

जिल्ला अदालत रूपन्देहीले सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछाने, नेटवर्कका उपाध्यक्ष छविलाल जोशीसहित १२ जनालाई पक्राउ गर्न कात्तिक ८ मा नै अनुमति दिइसकेको छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा लगेर खर्च गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्