Trending
अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |     दाङको तुल्सीपुर क्षेत्रमा नेपाली सेनाको सशक्त सुरक्षा गस्ती     |     काठमाडौंबाट मधेसीलाई लखेटने बालेनहरु मधेसी हुनैसक्दैनन् : प्रभु साह     |     चलचित्र ‘जिरो डिग्री’मा नायिका सनिशा भट्टराईको ‘इन्ट्री’     |     आजबाट इलाममा फ्रेन्ड्स सिनेमाजको नयाँ हल सञ्चालनमा पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल     |     कांग्रेसले फागुन १७ गते काठमाडौँमा चुनावी सभा गर्ने     |     रास्वपाको पोखराको जनसम्बोधन कार्यक्रम पनि स्थगित्     |    
समाचार

सहकारी प्रकरण : रविलाई बयानका लागि बुटवल लगिँदै

२७ कार्तिक २०८१, मंगलवार ०३:३३

२७ कात्तिक, पोखरा। सहकारी रकम अपचलनको अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज भैरहवा लगिने भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा अनुसन्धान गर्न उनलाई बिहानै बुटवल लान लागिएको हो। पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले कडा सुरक्षाकाबीच अहिले पोखरा विमानस्थल पुर्‍याएको छ।

सुप्रिम सहकारीको रकम हिनामिना गरेको आरोपमा यस अघि नै लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ। बुटवलको सुप्रिम सहकारीको बचत रकम मध्ये १४ करोड बढी रकम गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीवी राई, सञ्चालक छविलाल जोशी तथा रवि लामिछानेको समूहले अपचलन गरेको रूपन्देहीमा मुद्दा छ।

सोही सहकारीको रकम अपचलनमा कुमार रम्तेल र शिवबहादुर गुरुङको लाई रूपन्देहीमा सरकारी वकिल समक्ष बयान जारी छ ।

जिल्ला अदालत रूपन्देहीले सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछाने, नेटवर्कका उपाध्यक्ष छविलाल जोशीसहित १२ जनालाई पक्राउ गर्न कात्तिक ८ मा नै अनुमति दिइसकेको छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा लगेर खर्च गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्