Trending
आज यी चार प्रदेशमा वर्षासहित हिमपातको सम्भावना     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर     |     नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप सगरमाथा स्वीमिङ क्लब     |     इंग्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा     |     सल्यानमा दुई सातामा उच्च ज्वरोबाट चारको मृत्यु, ५१ जनामा स्क्रबटाइफस     |     सुर्खेतमा ब्राउनसुगरसहित तीन जना पक्राउ     |     राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन     |     चलचित्र ‘पाँच पाण्डव’ शुभमुहूर्त     |     सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो     |     पश्चिमी वायुको प्रभाव कायमै     |    
खेलकुद

आज कुवेतसँग भिड्दै नेपाल

२७ कार्तिक २०८१, मंगलवार ०५:५९

२७ कात्तिक, काठमाडौँ। युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसिसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको पाँचौँ खेलमा नेपालले आज कुवेतको सामना गरिरहेको छ ।

युएईको अजमानस्थित द सेभेन स्टेडियममा नेपाली समयानुसार ११ः१५ बजे खेल सुरु भएको । गत बुधबारदेखि सुरु भएको एसिया छनोटमा नेपालको यो पाँचौँ खेल हो । यसअघि आइतबार भएको चौथो खेलमा नेपालले थाइल्यान्डलाई १ सय ६ रनले पराजित गरेको थियो। पहिलो खेलमा नेपालले कुवेतलाई १०८ रनले पराजित गरेको थियो।

प्रतियोगितामा नेपालसहित घरेलु टोली यूएई, थाइल्यान्ड र कुवेत सहभागी छन्। सहभागी चार टोली मध्ये डबल राउन्ड रोविनका आधारमा शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी यू–१९ महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ। नेपालले अन्तिम खेल बिहीबार यूएईसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्