Trending
जगदुल्ला जलविद्युत आयोजनाको ठेक्कामा मेरो संलग्नता पुष्टि गर्नेलाई पुरस्कार दिन्छुः उर्जामन्त्री     |     फिल्म ‘कार्साङ’ को अग्रिम बुकिङ खुला     |     अर्थतन्त्र सुदृढ गर्न नीति र संरचना सुधारमा केन्द्रित : अर्थमन्त्री पौडेल     |     अर्थतन्त्रलाई थप चलायमान र सुदृढ बनाउन सुझाव     |     तेस्रो डिएभी बिसीए इन्टर कलेज फुटसल कपको तयारी पुरा     |     विपिन जोशीको रिहाइकालागि पहल गरिदिन परराष्ट्रमन्त्रीद्वारा इजरायली राजदूतलाई आग्रह     |     जय ट्रफी : पहिलो दिनको समाप्तिमा मधेशविरूद्ध पुलिसको अग्रता     |     मानव र हात्ती द्वन्द्व न्यूनीकरणका लागि विशेष प्याकेज ल्याइन्छः मन्त्री शाही     |     भारतले ‘स्पेस डकिङ’ प्रयोगमा ढिलाइ गर्यो     |     मोबाइल प्रयोगकर्ताको तथ्यांकमा बिलिङ प्रणालीका उत्पादक र बिक्रेतालाई पहुँच नदिनू: सर्वोच्च अदालत     |    
समाचार

चांगान नेपालले बुटवलमा सार्वजनिक गर्‍यो दिपल ईभी

२७ कार्तिक २०८१, मंगलवार १४:४०

२७ कात्तिक, बुटवल। नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले निकै सफल आफ्ना दिपल इभीहरूलाई लुम्बिनी प्रदेशको बुटवलमा सार्वजनिक गरेको छ।

नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले आइतबार लुम्बिनी प्रदेशलाई लक्षित गरी बुटवलमा दिपल ईभी सार्वजनिक गरेको हो ।

बुटवलमा आयोजित एक विशेष समारोहबीच बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, भैरहवा उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठ, एमएडब्लू वृद्धिका सीईओ जोजुजोस थाटिल लगायतले फ्युचरिस्टिक डिजाइन र कटिंग एज टेक्नोलोजीले भरिएको दिपल एस०७ र एल०७ ईभी सार्वजनिक गरेका हुन् ।

दिपल ईभी सार्वजनिक गर्नुहुँदै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले लुम्बिनी प्रदेशमा दिपल र चांगानको सफलताको कामना गरे। उनले चांगान र अन्य ब्रान्डहरुले बिक्री मात्र नभई विक्रीपछिको सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

बुटवलका लागि चांगानको डिलर जेनोस मोटर्सका प्रबन्ध निर्देशक क्षेत्र कुमार श्रेष्ठले दिपल ब्रान्डलाई लिएर आफू निकै उत्साहित रहेको बताए। ‘दिपलले काठमाडौंमा मात्र होइन लुम्बिनीमा पनि बजार तताइसकेको छ। हामीले ग्राहकहरुबाट निकै सकारात्मक प्रतिक्रिया पाइरहेका छौँ’, उनले भने।

चांगान चीनको सबैभन्दा पुरानो अटोमोबाइल कम्पनी हो जसको एकसय ६२ वर्ष लामो विरासत छ। ६ महिनाअघि नेपालमा सार्वजनिक भएको दिपल इभी अहिलेसम्ममा ६ सयभन्दा बढी विक्री भएका छन्। विशेषता यसको डिजाइन र टेक्नोलोजीका कारण यो ग्राहकको रोजाइमा परेको हो।

दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउट डोर स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरू छन् जसका कारण यो इभी नेपाल बजारमा छोटो समयमै लोकप्रिय बन्न सफल भएको हो।

एमएडब्लु वृद्धिले कात्तिक २७ गतेबाट बुटवलमा लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्पको आयोजना गर्दैछ। बुटवलको क्लब डेनोभोमा आयोजना हुने कार्यक्रममा ग्राहकले दिपल प्रिबजेट प्राइसमा सेरेस ४५ लाख ४९ हजार रुपैयाँमा र नामीमा ७ किलोवाटको निःशुल्क चार्जर पाउन सकिने छ। ग्राहकले ३ वटा रिकन्डिसन हाउसबाट बेस्ट भ्यालुएसन र एक्सचेन्ज बोनस पनि पाइने छ।

प्रतिक्रिया दिनुहोस्