Trending
आज यी चार प्रदेशमा वर्षासहित हिमपातको सम्भावना     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर     |     नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप सगरमाथा स्वीमिङ क्लब     |     इंग्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा     |     सल्यानमा दुई सातामा उच्च ज्वरोबाट चारको मृत्यु, ५१ जनामा स्क्रबटाइफस     |     सुर्खेतमा ब्राउनसुगरसहित तीन जना पक्राउ     |     राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन     |     चलचित्र ‘पाँच पाण्डव’ शुभमुहूर्त     |     सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो     |     पश्चिमी वायुको प्रभाव कायमै     |    
समाचार

नेपालको विकासमा अष्ट्रेलियाले सघाउने

२७ कार्तिक २०८१, मंगलवार १५:१९

२७ कात्तिक,काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत लियान जोन्स्टनले शिष्टाचार भेट गरेकी छन् ।

मन्त्री भण्डारीको कार्यकक्षमा आज भएको भेटमा उनीहरूबिच नेपाल–अष्ट्रेलिया सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा छलफल भएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सन् १९६० मा नेपाल र अष्ट्रेलियाबिच कूटनीतिक सम्बन्ध स्थापना भएयता पारस्परिक मैत्री, सहयोग र साझेदारी प्रगाढ बनेको चर्चा गर्दै मन्त्री भण्डारीले जनस्वास्थ्य, जीविकोपार्जन र मानव संसाधन विकासलगायत क्षेत्रमा अष्ट्रेलियाबाट प्राप्त सहयोगप्रति कृतज्ञता ज्ञापन गरे । सन् २०२६ मा नेपाल अतिकम विकसित देशबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन लागेको सन्दर्भमा नेपाललाई थप वैदेशिक सहयोग आवश्यक पर्ने भएकाले त्यसतर्फ राजदूत जोन्स्टनको ध्यानाकर्षण गराए ।

राजदूत जोन्स्टनले मन्त्री भण्डारीद्वारा व्यक्त चासोप्रति सकारात्मक जवाफ दिएकी थिइन् । साथै उनले नेपालको विकास प्रयासमा सघाउन तथा अष्ट्रेलिया–नेपाल सम्बन्ध विस्तारका निम्ति आफू प्रतिबद्ध रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्