Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

लीलाबल्लभ जोडिएको प्रकरणमा थप दुई पक्राउ

२८ कार्तिक २०८१, बुधबार ०२:०४

२८ कात्तिक,काठमाडौँ। जापानबाट डिपोर्ट भएकाहरुको नक्कली कागजात बनाइदिने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले काठमाडौँबाट थप दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा खोटाङ घर भएका ४१ वर्षीय नवीन राई र ३२ वर्षीया गुड्डी राई रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

उनीहरुलाई बागबजारबाट पक्राउ गरिएको अधिकारीले बताए। कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी जोडिएको मानव तस्करी प्रकरणमा संलग्न भएको आरोपमा अहिलेसम्म पक्राउ पर्नेको संख्या नौ पुगेको छ। उक्त प्रकरणमा कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो।

मंगलबार पक्राउ परेका नवीन राई र गुड्डी राईले बागबजारमा खोटाङस्थित ऐशेलुखर्क गाउँपालिका–२ को वडा सदस्य र कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ‘सहायक’ को परिचयपत्र बनाइ दिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्