Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

नेपाली राष्ट्रिय फुटबल टिमले आज ताजकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्दै

२८ कार्तिक २०८१, बुधबार ०२:३६

२८ कात्तिक,काठमाडौँ। नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले आज मैत्रीपूर्ण खेलमा ताजिकिस्तानसँग खेल्दैछ ।

ताजकिस्तानको डुशानबे सेन्ट्रल स्टेडियममा हुने यो खेल आज साँझ नेपाली समय अनुसार साँझ ६:४५ बजेदेखि शुरु हुने छ । त्यस्तै यसै मैदानमा नेपालले नोभेम्ब १६ मा अफगानिस्तानविरुद्ध पनि मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।

यस्तोमा राष्ट्रिय टिममा समावेश केही प्लेयर विदेश पलायन भएका छन्। भने नियमित खेल्ने वातावरण नहुँदा नेपालको प्रदर्शन कस्तो हुने भन्ने टुंगो छैन्। १३ देखि १९ नोभेम्बर सम्मको फिफा विन्डोभित्र क्लब फुटबल स्थगित गरेर अन्तर्राष्ट्रिय खेल हुने गर्दछ। युरोपमा नेसन्स लिग तथा दक्षिण अमेरिकामा विश्वकप छनोटका खेलहरु पनि हुँदै छन्।

नेपालले यसअघि फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोटअन्तर्गत साउदी अरेबियामा यमनविरुद्ध २९ जेठ (जुन ११) मा प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा २-२ को बराबरी खेलेयता नेपालले कुनैपनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन्। विश्वकप छनोटअन्तर्गत समूह ‘एफ’मा रहेको नेपालले समूहको अन्तिम खेलमा यमनविरुद्ध गोलको खडेरी तोडेपनि अघिल्लो चरण पुग्न असफल भएको थियो।

गत सेप्टेम्बरमा फिफा विन्डो रहेपनि अखिल नेपाल फुटबल संघ (एन्फा) ले कुनैपनि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आयोजना गर्न सकेको थिएन्। नेपालले यो खेलका लागि प्रशिक्षकका रुपमा नविन न्यौपानेलाई चयन गरेको छ। इटालियन कोच भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता नवीकरण नगरेको एन्फाले दुई मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टिमका पूर्वखेलाडीलाई अन्तरिम मुख्य प्रशिक्षक बनाएको हो।

ताजिकिस्तानमा नेपालले खेल्ने दुवै विपक्षी टिमहरु नेपालभन्दा बलिया र वरियतामा माथि रहेकाले स्वभाविक रुपमा नेपाल दबाबमा रहने छ। नेपाल फिफा वरियताको १७६ औं स्थानमा रहँदा ताजिकिस्तान १०५ औं र अफगानिस्तान १५१ औं स्थानमा रहेको छ।

नविन न्यौपानेले छोटो तयारी र आफू भन्दा बलियो टिम भएकाले मिहिनेत धेरै गर्नु पर्ने बताए। उनले भने ‘ताजकिस्तान बलियो टिम हो,’ न्यौपानेले डुसान्बेमा खेल अघि आयोजित पत्रकार सम्मेलनमा भने, ‘हामीले ताजकिस्तानसँग तीनपल्ट खेलिसकेका छौं । कडा मिहिनेत गर्दै संगठित रूपमा काउन्टरमा गोलको प्रयास गर्ने छौं। खेलमा १-२ अवसर आउँछ र त्यसलाई उपयोग गर्दै सकारात्मक नतिजा दिनेछौं ।’

प्रतिक्रिया दिनुहोस्