Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

नव निर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पले मस्क र रामास्वामीलाई सुम्पिए महत्वपूर्ण जिम्मेवारी

२८ कार्तिक २०८१, बुधबार ०२:४०

२८ कात्तिक,एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प महत्त्वपूर्ण जिम्मेवारी चयन गर्नका व्यस्त छन्। ट्रम्पले चुनाव जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्कलाई विशेष जिम्मेवारी दिएका छन्।

ट्रम्पले रिपब्लिकबाट उम्मेदवारी दाबी गरेका विवेक रामाश्वामी र मस्का लागि नयाँ विभागको जिम्मेवारी दिएका हुन्। उनले रामाश्वामी र मस्कका लागि डिपार्टमेन्ट अफ गभरमेन्ट इफिसेन्सीको नेतृत्व दिएका हुन्। अन्त्यन्त महत्त्वकांक्षी मानिएको यो परियोजनाको समय ४ जुलाई २०२६ सम्मको छ।

नोभेम्बर ५ मा भएको चुनावबाट निर्वाचित भएका ट्रम्पले कार्यभार जनवरी २० देखि सम्हाल्ने छन् । त्यसअघि नै महत्वपूर्ण जिम्मेवारी दिने व्यक्तिहरुको सूची सार्वजनिक गर्दै आएका ट्रम्पले नयाँ विभाग गठन गर्दै मस्क र रामास्वामीलाई जिम्मेवारी दिएका हुन् । ट्रम्पले सरकारी खर्च घटाउने र कर्मचारीहरुमाथि निगरानी गर्ने उद्देश्यले ‘सरकारी दक्षता विभाग’ नै बनाएका छन्।

त्यसैको नेतृत्व मस्क र रामास्वामीलाई सुम्पिएका हुन् । यो विभागले अनावश्यक नियमहरु परिमार्जन र हटाउन, फजुल खर्चमा कटौती गर्दै संघीय निकायहरुलाई पुनर्संरचना गर्न भूमिका खेल्ने छ । मस्क र रामास्वामीले २०२६ को जुलाई ४ सम्ममा आफ्नो जिम्मेवारी पूरा गर्ने बताएका छन् । ४ जुलाई २०२६ मा अमेरिकाले २५० औं वार्षिकोत्सव मनाउँदै छ । चुनावकै बेला विभिन्न कुराहरुको पुनर्संरचना गर्ने बताएका ट्रम्पले यो विभाग अमेरिकी जनताका लागि ‘उपहार’ हुने बताएका छन् ।

उनले पिटर हेगसेठलाई डिफेन्स सेक्रेटरीको रूपमा चयन गरेका छन्। आर्मी भेट्रान, फक्स न्युजका हस्ट तथा दुई सैन्य निकायका लागि सल्लाहकार समूहको प्रमुखको रूपमा काम गरेको अनुभव भएका उनी यस अघि मिनोस्टाको सिनेट सदस्यका लागि गरेको प्रयासमा असफल भएका थिए।

‘अमेरिका फस्टको अभियान सार्थक बनाउने काममा चयन गरिएका पिटर स्मार्ट, दृढ र विश्वास गर्न लायक व्यक्ति हुन्’, ट्रम्पबाट जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्