Trending
अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |     दाङको तुल्सीपुर क्षेत्रमा नेपाली सेनाको सशक्त सुरक्षा गस्ती     |     काठमाडौंबाट मधेसीलाई लखेटने बालेनहरु मधेसी हुनैसक्दैनन् : प्रभु साह     |     चलचित्र ‘जिरो डिग्री’मा नायिका सनिशा भट्टराईको ‘इन्ट्री’     |     आजबाट इलाममा फ्रेन्ड्स सिनेमाजको नयाँ हल सञ्चालनमा पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल     |     कांग्रेसले फागुन १७ गते काठमाडौँमा चुनावी सभा गर्ने     |     रास्वपाको पोखराको जनसम्बोधन कार्यक्रम पनि स्थगित्     |    
समाचार

निर्मला पन्त प्रकरणमा दुष्प्रचार गर्ने व्यक्ति प्रहरी नियन्त्रणमा

२८ कार्तिक २०८१, बुधबार १५:३०

२८ कार्तिक, काठमाडौँ। कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एक टेलिभिजन अन्तर्वार्तामा गलत विवरण सहित दुष्प्रचार गर्ने गोरखाका नवराज अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले टेलिभिजनबाट अर्यालको अभिव्यक्ती जारी भएपछि मंगलबार सोधपुछ गरेर हाजिर जमानीमा छाडेको थियो ।

सिआइबीले थप अनुसन्धानका लागि बुधबार अर्याल दम्पती र प्राइम टाइम टेलिभिजनका कार्यक्रम प्रस्तोतालाई पनि सोधपुछ गरिरहेको सिआइबीका सुचना अधिकारी प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

“अर्यालले टेलिभिजनमा दाबी गरेका सबै विवरण झुठ हुन्,” उनले भने,“ सो विषयमा थप अनुसन्धानका लागि अर्याय दम्पती र प्रस्तोता ऋषि धमलालाई सिआइबीमा ल्याएका छौं ।”

आफू खानेपानी विभागको सवारी चालक रहेको दाबी गर्ने अर्यालले आफू कञ्चनपुर पुगेको बेला निर्मलाको बलात्कार हुँदै गरेको देखेको झुठो विवरण अन्तर्वार्तामा दिएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्