Trending
आज यी चार प्रदेशमा वर्षासहित हिमपातको सम्भावना     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर     |     नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप सगरमाथा स्वीमिङ क्लब     |     इंग्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा     |     सल्यानमा दुई सातामा उच्च ज्वरोबाट चारको मृत्यु, ५१ जनामा स्क्रबटाइफस     |     सुर्खेतमा ब्राउनसुगरसहित तीन जना पक्राउ     |     राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन     |     चलचित्र ‘पाँच पाण्डव’ शुभमुहूर्त     |     सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो     |     पश्चिमी वायुको प्रभाव कायमै     |    
समाचार

एकीकृत समाजवादी कर्णालीको अध्यक्षमा पुरी

२९ कार्तिक २०८१, बिहीबार ०५:२९

२९ कार्तिक, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश अध्यक्षमा ठगेन्द्रप्रकाश पुरी चयन भएका छन् । एकीकृत समाजवादीको कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशनले पुरीलाई बुधवार सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

सोमबारदेखि प्रदेश राजधानी वीरेन्द्रनगरमा सुरु भएको एकीकृत समाजवादी कर्णाली प्रदेश अधिवेशनले १४१ सदस्यीय प्रदेश कमिटी समेत चयन गरेको छ ।

प्रदेश अध्यक्ष चुनिएका पुरी यसअघि राष्ट्रिय सभा सदस्य समेत भइसकेका थिए । २०३१ साल मंसिर २३ गते बाँफिकोट गाउँपालिका-५, रुकुम पश्चिममा जन्मिएका पुरीले २०४६ साल देखि तत्कालीन नेकपा माले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु एकताको पाँचौँबाट विद्यार्थी राजनीतिक थालेका थिए ।

२०५० सालमा नेकपा एमाले दाङ जिल्ला कमिटीको कार्यालय सहायक भएर काम गरेका उनले प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको दोस्रो राष्ट्रिय अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएर लगातार १३ वर्ष काम गरे ।

प्रतिक्रिया दिनुहोस्