Trending
धरौटी बुझाए पनि तत्काल किन छुट्ने छैनन् रवि लामिछाने ?     |     रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश     |     एमालेले कुनै पार्टीसँग एकता गर्दैन : प्रधानमन्त्री ओली     |     माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताबिच भेटवार्ता     |     रविको मुद्दामा थुनछेक आदेश लेखिँदै, अदालत परिसरमा रास्वपाका नेता     |     कास्की अदालत पुगे रास्वपाका शीर्ष नेता     |     हरिवंश अभिनीत ‘भूठान’ वैशाख १२ प्रदर्शन     |     आफूलाई सर्वज्ञाता ठान्नेले संविधान संशोधनका नाममा जनता झुक्याउन थाले : भीम रावल     |     शैक्षिक क्षेत्रलाई दलीय प्रभावबाट मुक्त गर्ने प्रयासमा मन्त्री भट्टराई     |     दक्षिण एसियाली स्ट्रिट डिफेन्स शनिबारदेखि     |    
समाचार

रवि लामिछानेको तेस्रो दिन पनि बयान जारी, बयान सकेर पोखरा पठाइने

२९ कार्तिक २०८१, बिहीबार ०५:३३

२९ कार्तिक, बुटवल। सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पोखराबाट रूपन्देहीको भैरहवा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज तेस्रो दिन बयान सुरु भएको छ।

पोखराबाट भैरहवा ल्याइएका लामिछानेसँग जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा हिजोदेखि लिखित बयान लिन सुरू गरिएको हो । हिजो १० घण्टा बयान लिइएको थियो । रुपन्देहीका प्रहरी प्रमुख एसपी रञ्जीतसिंह राठौरले लामिछानेको बयान आज सकिने र सकिएपछि पोखरा पठाइने बताए ।

मङ्गलवार कास्कीको पोखराबाट रुपन्देहीको भैरहवा ल्याइएका लामिछानेलाई सरकारी वकिलको कार्यालय रुपन्देहीले मङ्गलवारदेखि नै नियमित बयान लिइरहेको छ ।

लिखित बयानमा सरकारी न्यायाधिवक्ता पौडेलसँगै इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डित, प्रहरी अनुसन्धान अधिकृत लगायतको सहभागिता छ । बयानका आधारमा पुरुक प्रतिवेदन बनाउने तयारी छ ।

बयान चलिरहँदा भैरहवामा सरकारी वकिल कार्यालय आसपास सुरक्षाकर्मी व्यवस्था कडा बनाइँदै आएको छ । लामिछानेलाई बयानका लागि रुपन्देही ल्याएसँगै सहकारी पीडित र रास्वपाका कार्यकर्ताले भैरहवामा प्रदर्शन गरेका छन् । प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय आसपासको १ सय मिटर क्षेत्रमा भने नारा जुलुस गर्न निषेध गरिएको छ ।

बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । जोशी र लामिछानेसहित जीवी राई, भूपेन्द्रबाबु राई, कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका नाममा गरी सुप्रिम सहकारीबाट १४ करोड २९ लाख ३६ हजार रुपैयाँ रकम पठाइएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्