Trending
साफ महिला यू-२०: नेपालले भुटानलाई ६–१ ले हराउँदै शानदार सुरुआत     |     दुर्गेश थापाको ‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत     |     कर्णालीमा प्रशासनिक संरचना पुनर्संरचना हुँदै, मन्त्रालय घटाएर ६ बनाउने सिफारिस     |     एक हातमा दुधे बालक र अर्को हातमा खाली गाग्री बोकेर खानेपानी माग्दै सुकुम्बासी     |     नेपाल टेलिकमको ‘मनसुन अफर’ सार्वजनिक     |     युट्युबले हटाउँदैछ ‘ट्रेन्डिङ’ सेक्सन, नयाँ चार्ट प्रणाली ल्याउने तयारी     |     बडिमालिका मन्दिरको पुनर्निर्माण सम्पन्न     |     गायिका एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा     |     फिल्म ‘चिठी’ भदौ २० मा प्रर्दशन हुने, पोस्टरसहित मिति घोषणा     |     ल्हेन्दे खोलाको बाढीबाट विस्थापितलाई सुरक्षित गन्तव्यतर्फ पठाइयो     |    
समाचार

एमाले इलामको जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै

२९ कार्तिक २०८१, बिहीबार ०५:५२

२९ कार्तिक, काठमाडौँ। नेकपा (एमाले)को इलाम जिल्ला नेतृत्व चुन्न ११औं अधिवेशन आजदेखि सुरु हुँदैछ। इलाम सदरमुकामस्थित सिटी हलमा भोलिसम्म अधिवशेन चल्नेछ।

केन्द्रीय उपाध्यक्ष गुरु बरालले उद्घाटन गर्ने अधिवेशनमा ५८७ प्रतिनिधि सहभागी हुने बताइएको छ । कोशीका अन्य जिल्लामा ६ महिनाअघि नै एमालेको नयाँ नेतृत्व चुनिए पनि इलाम क्षेत्र २ को उपचुनावले यहाँको अधिवेशन धकेलिएको थियो ।

अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिवसहित १ सय २५ सदस्यीय नयाँ कार्य समिति चयन गर्नेछ । नयाँ नेतृत्वका लागि नेताहरूले उम्मेदवारी घोषणा गरिरहेका छन् ।

उपसचिव रवीन्द्र सुवेदीले अधिवेशनमा पाँच सय ८७ प्रतिनिधि सहभागी हुने बताए। अरू जिल्लामा छ महिनाअघि नै एमालेको नयाँ नेतृत्व चुनिएपनि इलाम क्षेत्र २ मा गत वैशाख १५ गते उपनिर्वाचन भएका कारण यहाँको जिल्ला अधिवेशन स्थगित थियो।

अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिवसहित १ सय २५ सदस्यीय नयाँ कार्य समिति चयन गर्नेछ। नयाँ नेतृत्वका लागि नेताहरूले उम्मेदवारी घोषणा गरिरहेका छन्। अध्यक्षमा ११औं अधिवेशन आयोजक कमिटी अध्यक्ष गणेशप्रसाद बराल, नरेन्द्रनाथ भट्टराई र डा.देवी क्षेत्री दुलालले उम्मेदवारी दिने भएका छन्। दुलालले सहमति भएमात्र आफू अध्यक्ष हुने तर निर्वाचनमा नजाने बताएका छन् भने बराल र भट्टराईबीच निर्वाचन हुनसक्ने एमाले जिल्ला कमिटीका एक पदाधिकारीले बताए। ‘अध्यक्षमा सहमति हुने सम्भावना थोरैमात्र छ,’ ती नेताले भने, ‘बराल र भट्टराईबीच निर्वाचन हुनसक्छ।’

उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उदयबहादुर राई, वर्तमान सचिव उमेश गुरुङ, सचिवालय सदस्यद्वय बुद्धिप्रसाद खनाल र रमेश राईले उम्मेदवारी दिने बताएका छन्। रमेश राईले आफू व्यक्तिगत नभई निर्वाचन क्षेत्र १ को प्रतिनिधित्व गरेरै उम्मेदवारी दिने दाबी गरेका छन्। तर, उदयबहादुर राई र उमेश गुरुङ पनि निर्वाचन क्षेत्र १ कै बासिन्दा हुन्। सचिवमा वर्तमान उपसचिव रवीन्द्र सुवेदी र सचिवालय सदस्य प्रकाश अधिकारीले उम्मेदवारी दिने भएका छन्। उपसचिवमा भने नौ जनाभन्दा बढीको लर्काे छ।

प्रतिक्रिया दिनुहोस्