Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

एमाले इलामको जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै

२९ कार्तिक २०८१, बिहीबार ०५:५२

२९ कार्तिक, काठमाडौँ। नेकपा (एमाले)को इलाम जिल्ला नेतृत्व चुन्न ११औं अधिवेशन आजदेखि सुरु हुँदैछ। इलाम सदरमुकामस्थित सिटी हलमा भोलिसम्म अधिवशेन चल्नेछ।

केन्द्रीय उपाध्यक्ष गुरु बरालले उद्घाटन गर्ने अधिवेशनमा ५८७ प्रतिनिधि सहभागी हुने बताइएको छ । कोशीका अन्य जिल्लामा ६ महिनाअघि नै एमालेको नयाँ नेतृत्व चुनिए पनि इलाम क्षेत्र २ को उपचुनावले यहाँको अधिवेशन धकेलिएको थियो ।

अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिवसहित १ सय २५ सदस्यीय नयाँ कार्य समिति चयन गर्नेछ । नयाँ नेतृत्वका लागि नेताहरूले उम्मेदवारी घोषणा गरिरहेका छन् ।

उपसचिव रवीन्द्र सुवेदीले अधिवेशनमा पाँच सय ८७ प्रतिनिधि सहभागी हुने बताए। अरू जिल्लामा छ महिनाअघि नै एमालेको नयाँ नेतृत्व चुनिएपनि इलाम क्षेत्र २ मा गत वैशाख १५ गते उपनिर्वाचन भएका कारण यहाँको जिल्ला अधिवेशन स्थगित थियो।

अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिवसहित १ सय २५ सदस्यीय नयाँ कार्य समिति चयन गर्नेछ। नयाँ नेतृत्वका लागि नेताहरूले उम्मेदवारी घोषणा गरिरहेका छन्। अध्यक्षमा ११औं अधिवेशन आयोजक कमिटी अध्यक्ष गणेशप्रसाद बराल, नरेन्द्रनाथ भट्टराई र डा.देवी क्षेत्री दुलालले उम्मेदवारी दिने भएका छन्। दुलालले सहमति भएमात्र आफू अध्यक्ष हुने तर निर्वाचनमा नजाने बताएका छन् भने बराल र भट्टराईबीच निर्वाचन हुनसक्ने एमाले जिल्ला कमिटीका एक पदाधिकारीले बताए। ‘अध्यक्षमा सहमति हुने सम्भावना थोरैमात्र छ,’ ती नेताले भने, ‘बराल र भट्टराईबीच निर्वाचन हुनसक्छ।’

उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उदयबहादुर राई, वर्तमान सचिव उमेश गुरुङ, सचिवालय सदस्यद्वय बुद्धिप्रसाद खनाल र रमेश राईले उम्मेदवारी दिने बताएका छन्। रमेश राईले आफू व्यक्तिगत नभई निर्वाचन क्षेत्र १ को प्रतिनिधित्व गरेरै उम्मेदवारी दिने दाबी गरेका छन्। तर, उदयबहादुर राई र उमेश गुरुङ पनि निर्वाचन क्षेत्र १ कै बासिन्दा हुन्। सचिवमा वर्तमान उपसचिव रवीन्द्र सुवेदी र सचिवालय सदस्य प्रकाश अधिकारीले उम्मेदवारी दिने भएका छन्। उपसचिवमा भने नौ जनाभन्दा बढीको लर्काे छ।

प्रतिक्रिया दिनुहोस्