Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

झलनाथ खनालसँग दक्षिण कोरियाका राजदूत पार्क ताइयोङकाे भेटवार्ता

२९ कार्तिक २०८१, बिहीबार ०५:५५

२९ कार्तिक, काठमाडौँ। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र दक्षिण कोरियाका राजदूत पार्क ताइयोङबीच डल्लुमा भेटवार्ता भएको छ ।

खनाल र राजदूत ताइयोङबीच आज (बिहीबार) बिहान भेटवार्ता भएको हो। भेटका क्रममा पूर्व प्रधानमन्त्री समेत रहेका खनालले नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको शुभकामना दिएका थिए ।

भेटका क्रममा पूर्व प्रधानमन्त्री खनालले नेपाल र कोरियाबिच कूटनीतिक सम्बन्ध स्थापना भएको पचासौँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै नेपाल र कोरियाबिचको सम्बन्धमा अझै विकास हुने विश्वास व्यक्त गरेको खनालको सचिवालयले जनाएको छ ।

राजदूत ताइयोङले पनि नेपालको आर्थिक विकासमा कोरियाको सधैँ सकारात्मक सहयोग रहेको र विशेषगरी हरित आर्थिक गतिविधिमा कोरियन सरकार नेपाललाई सहयोग गर्न इच्छुक रहेको बताए खनालको सचिवालयले जनाएको छ । भेटमा दुई देशबिचको आपसी हित एवं चासोको विषयमा कुराकानी भएको छ ।

प्रतिक्रिया दिनुहोस्