Trending
एसियन आर्चरी च्याम्पियन्सीपमा खेल्ने नेपाली टिमको विदाइ     |     नेपाल युएइसँग पराजित     |     आज यी चार प्रदेशमा वर्षासहित हिमपातको सम्भावना     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर     |     नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप सगरमाथा स्वीमिङ क्लब     |     इंग्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा     |     सल्यानमा दुई सातामा उच्च ज्वरोबाट चारको मृत्यु, ५१ जनामा स्क्रबटाइफस     |     सुर्खेतमा ब्राउनसुगरसहित तीन जना पक्राउ     |     राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन     |     चलचित्र ‘पाँच पाण्डव’ शुभमुहूर्त     |    
समाचार

उपनिर्वाचन : पाँच राजनीतिक दलका उम्मेदवार सार्वजनिक

२९ कार्तिक २०८१, बिहीबार ०५:५७

२९ कार्तिक, उदयपुर। आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा रिक्त २ वडाध्यक्ष पदका लागि पाँच राजनीतिक दलले उम्मेदवारको नाम सार्वजनिक गरेका छन् ।

त्रियुगा नगरपालिका– १२ र बेलका नगरपालिका– ९ को रिक्त वडाध्यक्ष पदका लागि ती दलले उम्मेदवारको नाम सार्वजनिक गरेका हुन् । त्रियुगा नगरपालिका–१२ को वडाध्यक्षमा नेपाली कांग्रेसले सञ्जीव काफ्ले, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट लक्ष्मी नारायण चौधरी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नविक वान्तावा, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले निर्मला चौधरी,राष्ट्रिय स्वतन्त्र पार्टीले ध्रुव पोखरेललाई उम्मेदवार बनाएको छ ।

यसैगरी, बेलका नगरपालिका– ९ को वडाध्यक्षमा कांग्रेसले नवराज बस्नेत, एमालेले मनोज खड्का, माओवादी केन्द्रले भरत घिमिरे र रास्वपाले तेजमान विकलाई उम्मेदवार बनाएको छ । एकीकृत समाजवादीले दुई दिनभित्रमा उम्मेदवारको नाम घोषणा गर्ने बताएको छ । त्रियुगा नगरपालिका–१२ मा तीन हजार ८०० र बेलका नगरपालिका– ९ मा तीन हजार ४०० मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्