Trending
धरौटी बुझाए पनि तत्काल किन छुट्ने छैनन् रवि लामिछाने ?     |     रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश     |     एमालेले कुनै पार्टीसँग एकता गर्दैन : प्रधानमन्त्री ओली     |     माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताबिच भेटवार्ता     |     रविको मुद्दामा थुनछेक आदेश लेखिँदै, अदालत परिसरमा रास्वपाका नेता     |     कास्की अदालत पुगे रास्वपाका शीर्ष नेता     |     हरिवंश अभिनीत ‘भूठान’ वैशाख १२ प्रदर्शन     |     आफूलाई सर्वज्ञाता ठान्नेले संविधान संशोधनका नाममा जनता झुक्याउन थाले : भीम रावल     |     शैक्षिक क्षेत्रलाई दलीय प्रभावबाट मुक्त गर्ने प्रयासमा मन्त्री भट्टराई     |     दक्षिण एसियाली स्ट्रिट डिफेन्स शनिबारदेखि     |    
समाचार

राष्ट्रपति पौडेल बाकुबाट स्वदेश प्रस्थान

२९ कार्तिक २०८१, बिहीबार ११:२७

२९ कार्तिक, काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेदेखि सुरु भएको ‘जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको सम्मेलन (कोप–२९)’ मा सहभागी भएर आज नेपालतर्फ प्रस्थान गरेका छन् ।

उनी बाकुबाट कतारको दोहा हुँदै स्वदेश फर्किनेछन् । उनलाई यहाँस्थित हैदर अलीएभ अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्यमन्त्री तेमुर मुसाएभले बिदाइ गरे ।

अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल सोमबार बाकु आइपुगेका थिए । भ्रमण दलमा प्रथम महिला सबिता पौडेल, वन तथा वातारण मन्त्री ऐनबहादुर शाही, राष्ट्रपतिका विज्ञ/सल्लाहकारसहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु सहभागी थिए । राष्ट्रपति पौडेलले कोप २९ अन्तर्गत मंगलबार उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गरेका थिए ।

सो अवसरमा उनले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आव्हान गरे। ‘हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा सबैले ख्याल गरौं, पर्वतीय मुलुकका सेता हिमाल काला पहाडमा परिणत हुने क्रमले ती मुलुकमा मात्र होइन तल्लो तटीय मुलुकहरूलाई संकटमा पुर्‍याउँछ भन्ने विश्वले बिर्सन हुन्नँ,’ राष्ट्रपति पौडेलले भने ।

मंगलबार नै राष्ट्रपति पौडेल र गणतन्त्र माल्दिभ्सका उनका समकक्षी डाक्टर मोहम्मद मुइजुसँग बाकुमा भएको भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको मारमा दुवै राष्ट्र परेका भन्दै अब द्विपक्षीय सहकार्यलाई सुदृढ गरी जलवायु वार्तामा सहकार्य गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्