Trending
साफ महिला यू-२०: नेपालले भुटानलाई ६–१ ले हराउँदै शानदार सुरुआत     |     दुर्गेश थापाको ‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत     |     कर्णालीमा प्रशासनिक संरचना पुनर्संरचना हुँदै, मन्त्रालय घटाएर ६ बनाउने सिफारिस     |     एक हातमा दुधे बालक र अर्को हातमा खाली गाग्री बोकेर खानेपानी माग्दै सुकुम्बासी     |     नेपाल टेलिकमको ‘मनसुन अफर’ सार्वजनिक     |     युट्युबले हटाउँदैछ ‘ट्रेन्डिङ’ सेक्सन, नयाँ चार्ट प्रणाली ल्याउने तयारी     |     बडिमालिका मन्दिरको पुनर्निर्माण सम्पन्न     |     गायिका एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा     |     फिल्म ‘चिठी’ भदौ २० मा प्रर्दशन हुने, पोस्टरसहित मिति घोषणा     |     ल्हेन्दे खोलाको बाढीबाट विस्थापितलाई सुरक्षित गन्तव्यतर्फ पठाइयो     |    
समाचार

दार्चुला जीप दुर्घटना : घाइतेलाई सेनाको हेलिकप्टरमा धनगढी लगियो (अपडेट)

३० कार्तिक २०८१, शुक्रबार ०६:५२

३० कार्तिक, दार्चुला। दार्चुलामा जीप दुर्घटनामा घाइते भएका तीन जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमा कैलालीको धनगढी लगिएको छ ।

हेलिकप्टरमा उद्धार गरिएकामा जीप चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ का सुनिल जोशी, शैल्यशिखर–५ का सन्दीप रावल र बैतडीको डिलासैनी गाउँपालिका–५ का उत्तम रोकाया रहेका छन् । उनीहरुलाई सेती प्रादेशीक अस्पतालमा भर्ना गरिएको प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

शैल्यशिखर नगरपालिका–६ को बगजेबलामा आज बिहान म१ज ३३८ नम्बरको जीप दुर्घटनामा परेको हो । मालिकार्जुनबाट गोकुलेश्वरतर्फ गइरहेको उक्त जीपमा सवार आठ जनाको मृत्यु भएको थियो । स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी बोकेको जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा तथा भारतको उत्तर प्रदेश बिजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही ठाउँका १८ वर्षीय मोहमद बसिम, शैल्यशिखर–९ गोकुलेका ३५ वर्षीया मीना लेखक र डिलासैनी गाउँपालिका–५ का वीरेन्द्रसिंह बोहराको मृत्यु भएको हो ।

मृतक विष्ट गोकुलेश्वर बहुमुखी क्याम्पसका शिक्षक तथा लेखक सोही क्याम्पसकी लेखापाल हुन् । यस्तै दुर्घटनामा मृत्यु भएका वीरेन्द्र र शान्ति श्रीमान श्रीमती हुन् । वीरेन्द्र शैल्यशिखर नगरपालिकामा अमिन पदमा कार्यरत थिए ।   दुर्घटनाका अन्य घाइतेको गोकुलेश्वरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्