Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

विभाजित कम्युनिष्ट पार्टी एकीकृत हुनुपर्छ : अध्यक्ष नेपाल

३० कार्तिक २०८१, शुक्रबार ०६:५७

३० कार्तिक, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पार्टी अध्यक्ष माधवकुमार नेपालले विभिन्न कारणले विभाजित कम्युनिष्ट पार्टी एकीकृत भई जनताको आर्थिक तथा सामाजिक समस्या समाधान गर्न केन्द्रित हुनुपर्ने बताएका छन् ।

पार्टी निकट नेवाः राष्ट्रिय सङ्घ (समाजवादी) ले नेपाल संवत् ११४५ का अवसरमा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले पछिल्लो समय कम्युनिष्ट पार्टीमा अवसरवादी प्रवृत्ति बढ्दै गएकाले कम्युनिष्ट आन्दोलनमा विचलन आएको बताए । उनले वर्गीय हितका क्षेत्रमा क्रियाशील हुनुपर्ने कम्युनिष्ट शक्ति सत्ता केन्द्रित राजनीतिमा लाग्न नहुने धारणा राखे ।

अहिले पार्टी र नेताप्रति जनताको विश्वास गुम्दै गएकामा चिन्ता व्यक्त गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले कम्युनिष्ट सिद्धान्त तथा आदर्शप्रति निष्ठावान सबै एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

अध्यक्ष नेपालले जनताको आर्थिक तथा सामाजिक समस्या समाधान गरी देशमा विकास गर्न विभिन्न कारणले विभाजित कम्युनिष्ट पार्टी एकीकृत हुनुपर्ने उल्लेख गरे । नेपाली विशेषता बोकेको समाजवादलाई कार्यान्वयन गर्न राष्ट्रिय पुँजीको सञ्चय गरी मुलुकमा औद्योगीकरणको वातावारण बनाउँदै रोजगारी र उत्पादन वृद्धिमा सबैले सहकार्य गर्नुपर्ने उनले बताए ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त समाजले समग्र नेपालीलाई एकताबद्ध गरी राष्ट्रियतालाई बलियो बनाउने उनको भनाइ छ । उनले हरेक समुदायले आफ्नो मौलिक, धर्म, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने धारणा राख्नुभयो । सो अवसरमा अध्यक्ष नेपालले नेवाः राष्ट्रिय सङ्घ (समाजवादी) द्वारा प्रकाशित विभिन्न प्रकाशनको विमोचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्