Trending
साफ महिला यू-२०: नेपालले भुटानलाई ६–१ ले हराउँदै शानदार सुरुआत     |     दुर्गेश थापाको ‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत     |     कर्णालीमा प्रशासनिक संरचना पुनर्संरचना हुँदै, मन्त्रालय घटाएर ६ बनाउने सिफारिस     |     एक हातमा दुधे बालक र अर्को हातमा खाली गाग्री बोकेर खानेपानी माग्दै सुकुम्बासी     |     नेपाल टेलिकमको ‘मनसुन अफर’ सार्वजनिक     |     युट्युबले हटाउँदैछ ‘ट्रेन्डिङ’ सेक्सन, नयाँ चार्ट प्रणाली ल्याउने तयारी     |     बडिमालिका मन्दिरको पुनर्निर्माण सम्पन्न     |     गायिका एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा     |     फिल्म ‘चिठी’ भदौ २० मा प्रर्दशन हुने, पोस्टरसहित मिति घोषणा     |     ल्हेन्दे खोलाको बाढीबाट विस्थापितलाई सुरक्षित गन्तव्यतर्फ पठाइयो     |    
समाचार

विभाजित कम्युनिष्ट पार्टी एकीकृत हुनुपर्छ : अध्यक्ष नेपाल

३० कार्तिक २०८१, शुक्रबार ०६:५७

३० कार्तिक, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पार्टी अध्यक्ष माधवकुमार नेपालले विभिन्न कारणले विभाजित कम्युनिष्ट पार्टी एकीकृत भई जनताको आर्थिक तथा सामाजिक समस्या समाधान गर्न केन्द्रित हुनुपर्ने बताएका छन् ।

पार्टी निकट नेवाः राष्ट्रिय सङ्घ (समाजवादी) ले नेपाल संवत् ११४५ का अवसरमा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले पछिल्लो समय कम्युनिष्ट पार्टीमा अवसरवादी प्रवृत्ति बढ्दै गएकाले कम्युनिष्ट आन्दोलनमा विचलन आएको बताए । उनले वर्गीय हितका क्षेत्रमा क्रियाशील हुनुपर्ने कम्युनिष्ट शक्ति सत्ता केन्द्रित राजनीतिमा लाग्न नहुने धारणा राखे ।

अहिले पार्टी र नेताप्रति जनताको विश्वास गुम्दै गएकामा चिन्ता व्यक्त गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले कम्युनिष्ट सिद्धान्त तथा आदर्शप्रति निष्ठावान सबै एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

अध्यक्ष नेपालले जनताको आर्थिक तथा सामाजिक समस्या समाधान गरी देशमा विकास गर्न विभिन्न कारणले विभाजित कम्युनिष्ट पार्टी एकीकृत हुनुपर्ने उल्लेख गरे । नेपाली विशेषता बोकेको समाजवादलाई कार्यान्वयन गर्न राष्ट्रिय पुँजीको सञ्चय गरी मुलुकमा औद्योगीकरणको वातावारण बनाउँदै रोजगारी र उत्पादन वृद्धिमा सबैले सहकार्य गर्नुपर्ने उनले बताए ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त समाजले समग्र नेपालीलाई एकताबद्ध गरी राष्ट्रियतालाई बलियो बनाउने उनको भनाइ छ । उनले हरेक समुदायले आफ्नो मौलिक, धर्म, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने धारणा राख्नुभयो । सो अवसरमा अध्यक्ष नेपालले नेवाः राष्ट्रिय सङ्घ (समाजवादी) द्वारा प्रकाशित विभिन्न प्रकाशनको विमोचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्