Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

लमजुङमा जगत तातोपानीकुण्ड महोत्सव सम्पन्न

३० कार्तिक २०८१, शुक्रबार १२:४१

३० कार्तिक, लमजुङ। लमजुङको मर्स्याङ्दी गाउँपालिकाको आयोजनामा सुरु भएको दोस्रो मर्स्याङ्दी महोत्सवअन्तर्गत आज जगत तातोपानीकुण्ड महोत्सव सम्पन्न भएको छ ।

जगत तातोपानी व्यवस्थापन समितिका अध्यक्ष अदम सिं गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्देश्य तातोपानीकुण्डमा पर्यटन प्रवर्द्धन गर्नु रहेको गाउँपालिकाले जनाएको छ ।

मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले यस्ता धार्मिक, सांस्कृतिक महोत्सव तथा मेलाले स्थानीय कला, संस्कृति, परम्पराको संरक्षण गर्नुका साथै पर्यटकीय स्थानलाई विश्वसामु चिनाउन सहयोग पुग्ने बताए । अध्यक्ष गुरुङले महोत्सवले पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीय उत्पादनको बिक्री वितरण र बजारीकरणमा सहयोग पुग्ने भएकाले अर्थतन्त्रको चलायमान हुने उल्लेख गरे ।

विभिन्न सङ्घसंस्थासँग सहकार्य गरेर महोत्सव सम्पन्न गरिएको भन्दै यसले पालिकाको आर्थिक, सामाजिक विकासमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे । कार्यक्रममा स्थानीय परम्परा संस्कृति झल्कने सांस्कृतिक प्रस्तुति, मारुनी नाच प्रस्तुत गर्नुको साथै कुण्डमा अतिथिका लागि स्नान कार्यक्रम आयोजना गरिएको थियो । पर्यटकीय पदमार्गमा यहाँ पर्ने भएकाले स्वदेशी तथा विदेशी पर्यटकहरूको उपस्थिति थियो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष जुनामाया थापा, प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाईं, लमजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भरतकुमार श्रेष्ठ, विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिकाका सदस्यहरू, वडा सदस्य, स्थानीय राजनीतिक दलका प्रतिनिधि, लमजुङ भ्रमण वर्ष २०८१ का पदाधिकारी, स्थानीय विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, सुरक्षाकर्मी र जिल्लाका क्रियाशील पत्रकारको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्