Trending
परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक     |     २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’     |     सुनको मूल्य घट्यो, चाँदीको बढ्यो     |     देशभरको मौसम सफा रहने पूर्वानुमान     |     आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर     |     नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |    
समाचार

दलहरू केन्द्रीकृत मानसिकताबाट बाहिर आउनुपर्छ : सिके राउत

३० कार्तिक २०८१, शुक्रबार १२:५२

३० कार्तिक, काठमाडौं। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राजनीतिक शक्तिहरू केन्द्रीकृत मानसिकताबाट बाहिर आउनु पर्ने बताएका छन् ।

उनले प्रमुख दलहरूमा अहिले पनि पुरानै र केन्द्रीकृत सोच हाबी रहेको आरोप लगाए । यही मङ्सिर १६ गते हुने उपनिर्वाचनमा झापाको कनकाई नगरपालिका–६ मा जनमत पार्टीका तर्फबाट उम्मेदवार घोषणा गर्न आज कनकाईको चम्पापुरमा आयोजित सभामा मुलुकमा पटकपटक क्रान्तिमार्फत सत्ता फेरिए पनि मानसिकता फेरिन नसकेको बताए ।

अध्यक्ष डा. राउतले उत्पीडित समुदाय र आमनागरिकले अनुभूत गर्ने गरी काम गर्न जरुरी रहेकामा जोड दिए ।सो पार्टीका तर्फबाट कनकाई नगरपालिका–६ मा शुकलाल राजवंशीलाई उम्मेदवार घोषणा गरिएको छ । झापामा जनमत पार्टीले स्थानीय तहको निर्वाचनमा पहिलोपटक भाग लिएको हो ।

निर्वाचन कार्यालय झापाका अनुसार कनकाई–६ मा २ हजार ५८ मतदाता रहेका छन् । २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट निर्वाचित वडाध्यक्ष दीर्घबहादुर थापाको निधन भएपछिकनकाई नगरपालिका–६ मा उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्