Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

नेसन्स कप फुटबल : पोर्चुगल क्वार्टर फाइनलमा

१ मंसिर २०८१, शनिबार ०२:२०

१ मंसिर काठमाडौँ। नेसन्स कप फुटबलमा पोर्चुगल क्वार्टर फाइलनमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा पोल्याण्डलाई ५–१ गोलले हराउँदै पोर्चुगल क्वार्टर फाइलनमा पुगेको हो ।

यस जितसँगै पोर्चुगल नेसन्स लिगको क्वाटरफाइनल पनि पुगेको छ । खेलका सबै छ गोल दोस्रो हाफमा भएको थियो । त्यसक्रममा पोर्चुगलले उत्कृष्ट आक्रमण खेल प्रदर्शन गरेको थियो । रोनाल्डोले ७२ औं मिनेटमा पेनाल्टीबाट गोल गरेपछि ८७ औं मिनेटमा दोस्रो थपे । उनले उत्कृष्ट ‘बाइसाइकल किक’ को मद्दतले दोस्रो गोल गरेका हुन् ।

पहिलो हाफ गोलरहित अवस्थामा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा भएको थियो । यो जितसँगै पाँच खेलबाट समूह–१ को पोर्चुगलको १३ अंक भएको छ । पराजित भएको पोल्याण्डको ४ अंक छ ।

प्रतिक्रिया दिनुहोस्