Trending
राष्ट्रपतिबाट प्रधानमन्त्रीको राजीनामा स्वीकृत     |     रास्वपा सांसदले सामूहिक राजीनामा     |     ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा     |     सेनाले क्वाटरबाट मन्त्रीलाई सार्‍यो सुरक्षित स्थानमा     |     स्वास्थ्यमन्त्री पौडेलले दिए राजीनामा     |     युवापुस्ताको ज्यान लिनु निन्दनीय : पूर्वाराजा     |     सिंहदरबारभित्र छिरे प्रदर्शनकारी     |     जेनजी प्रदर्शन : ट्रमामा थप दुईको मृत्यु, मृतकको संख्या १७ पुग्यो     |     हामी सबै धेरै अघि नै शहीद भइसकेका छौँः पारस खड्का     |     कांग्रेस केन्द्रीय सदस्यले मागे गृहमन्त्रीको राजीनामा     |    
खेलकुद

नेसन्स कप फुटबल : पोर्चुगल क्वार्टर फाइनलमा

१ मंसिर २०८१, शनिबार ०२:२०

१ मंसिर काठमाडौँ। नेसन्स कप फुटबलमा पोर्चुगल क्वार्टर फाइलनमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा पोल्याण्डलाई ५–१ गोलले हराउँदै पोर्चुगल क्वार्टर फाइलनमा पुगेको हो ।

यस जितसँगै पोर्चुगल नेसन्स लिगको क्वाटरफाइनल पनि पुगेको छ । खेलका सबै छ गोल दोस्रो हाफमा भएको थियो । त्यसक्रममा पोर्चुगलले उत्कृष्ट आक्रमण खेल प्रदर्शन गरेको थियो । रोनाल्डोले ७२ औं मिनेटमा पेनाल्टीबाट गोल गरेपछि ८७ औं मिनेटमा दोस्रो थपे । उनले उत्कृष्ट ‘बाइसाइकल किक’ को मद्दतले दोस्रो गोल गरेका हुन् ।

पहिलो हाफ गोलरहित अवस्थामा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा भएको थियो । यो जितसँगै पाँच खेलबाट समूह–१ को पोर्चुगलको १३ अंक भएको छ । पराजित भएको पोल्याण्डको ४ अंक छ ।

प्रतिक्रिया दिनुहोस्