Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

उत्तर प्रदेशको एउटा अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु

१ मंसिर २०८१, शनिबार ०२:३४

१ मंसिर, काठमाडौँ। भारतको उत्तर प्रदेशको झाँसीमा रहेको महारानी लक्ष्मीबाई मेडिकल कलेजमा आगलागी हुँदा १० जना नवजात शिशुको मृत्यु भएको छ ।

शुक्रबार राति झाँसीको लक्ष्मीबाइ मेडिकल कलेजको नियोनेटल इन्टेन्सिभ केयर युनिट (एनआइसियु) मा आगलागी हुँदा १० जना नवजात शिशुको मृत्यु भएको हो। आगलागीमा १६ जना शिशु घाइते भएका छन् ।

केहीको जलेर र केहीको निसास्सिएर मृत्यु भएको भारतीय अखबार द हिन्दुस्तान टाइम्सले जनाएको छ। अग्नी नियन्त्रकको टोलीले घटनास्थल पुगेर ३७ बालबालिकालाई सकुशल निकालेको थियो। दुर्घटना हुँदा एनआईसीयूमा ५४ जना बालबालिका भर्ना भएका थिए।

झाँसीका जिल्ला अधिकारी अविनाश कुमारले आगलागीको कारण विद्युत सर्किट सर्ट भएको हुनसक्ने बताएका छन्। यस विषयमा विस्तृत अनुसन्धान गर्न निर्देशन दिइएको छ । राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले उद्धारका कुनै कसर बाँकी नराख्न निर्देशन दिदैँ यसलाई दुखद र हृदयविदारक भनेका छन्।

प्रतिक्रिया दिनुहोस्