Trending
चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर     |     एसियन आर्चरी च्याम्पियन्सीपमा खेल्ने नेपाली टिमको विदाइ     |     नेपाल युएइसँग पराजित     |     आज यी चार प्रदेशमा वर्षासहित हिमपातको सम्भावना     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर     |     नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप सगरमाथा स्वीमिङ क्लब     |     इंग्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा     |     सल्यानमा दुई सातामा उच्च ज्वरोबाट चारको मृत्यु, ५१ जनामा स्क्रबटाइफस     |     सुर्खेतमा ब्राउनसुगरसहित तीन जना पक्राउ     |     राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन     |    
समाचार

उत्तर प्रदेशको एउटा अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु

१ मंसिर २०८१, शनिबार ०२:३४

१ मंसिर, काठमाडौँ। भारतको उत्तर प्रदेशको झाँसीमा रहेको महारानी लक्ष्मीबाई मेडिकल कलेजमा आगलागी हुँदा १० जना नवजात शिशुको मृत्यु भएको छ ।

शुक्रबार राति झाँसीको लक्ष्मीबाइ मेडिकल कलेजको नियोनेटल इन्टेन्सिभ केयर युनिट (एनआइसियु) मा आगलागी हुँदा १० जना नवजात शिशुको मृत्यु भएको हो। आगलागीमा १६ जना शिशु घाइते भएका छन् ।

केहीको जलेर र केहीको निसास्सिएर मृत्यु भएको भारतीय अखबार द हिन्दुस्तान टाइम्सले जनाएको छ। अग्नी नियन्त्रकको टोलीले घटनास्थल पुगेर ३७ बालबालिकालाई सकुशल निकालेको थियो। दुर्घटना हुँदा एनआईसीयूमा ५४ जना बालबालिका भर्ना भएका थिए।

झाँसीका जिल्ला अधिकारी अविनाश कुमारले आगलागीको कारण विद्युत सर्किट सर्ट भएको हुनसक्ने बताएका छन्। यस विषयमा विस्तृत अनुसन्धान गर्न निर्देशन दिइएको छ । राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले उद्धारका कुनै कसर बाँकी नराख्न निर्देशन दिदैँ यसलाई दुखद र हृदयविदारक भनेका छन्।

प्रतिक्रिया दिनुहोस्