Trending
राष्ट्रपतिबाट प्रधानमन्त्रीको राजीनामा स्वीकृत     |     रास्वपा सांसदले सामूहिक राजीनामा     |     ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा     |     सेनाले क्वाटरबाट मन्त्रीलाई सार्‍यो सुरक्षित स्थानमा     |     स्वास्थ्यमन्त्री पौडेलले दिए राजीनामा     |     युवापुस्ताको ज्यान लिनु निन्दनीय : पूर्वाराजा     |     सिंहदरबारभित्र छिरे प्रदर्शनकारी     |     जेनजी प्रदर्शन : ट्रमामा थप दुईको मृत्यु, मृतकको संख्या १७ पुग्यो     |     हामी सबै धेरै अघि नै शहीद भइसकेका छौँः पारस खड्का     |     कांग्रेस केन्द्रीय सदस्यले मागे गृहमन्त्रीको राजीनामा     |    
समाचार

मुलुकको विकासलाई सर्वोपरि मानेर सरकारले काम गरिरहेको छ: महासचिव पोखरेल

१ मंसिर २०८१, शनिबार १०:०९

१ मंसिर, भक्तपुर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको विकासलाई सर्वोपरि मानेर सरकारले काम गरिरहेको बताएका छन् ।

नेकपा एमाले सूर्यवनायक नगर कमिटीको दोश्रो नगर अधिवेशनको उद्घाटन गर्दै उनले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संयुक्त सरकारले निराशालाई चिर्दै सकारात्मक सोचका साथ विकास निर्माणका काममा तल्लीन भएको बताए ।

उनले भने- “नेकपा एमालेको नेतृत्वमा सरकार भएपनि पनि एकल निर्णय र एजेण्डा बाकेर हिड्न पाएको छैन, साझा एजेण्डामा सरकार सञ्चालन भइरहेको छ ।” राज्य र जनता मिलेर देश बनाउनुपर्नेमा जोड दिँदै उनले राजनीतिक स्थायित्व भएमा देशलाई समृद्धिको मार्गमा डोर्याउन धेरै समय नलाग्ने बताए ।

त्यस अवसरमा नेकपा एमाले स्थायी कमिटी सदस्य राजन भट्टराई, पोलिटव्यूरो सदस्य महेश बस्नेत, केन्द्रीय सदस्यहरु सोमप्रसाद मिश्र, निर्मल भट्टराई, तुलसा दाहाल, गोविन्द दुवाल, बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेल, जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष किरण थापाले ‘एमालेको मिसन ०८४ अभियान’लाई सफल पार्न सबै नेता, कार्यकर्ता एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्