Trending
ललितपुर महानगरपालिकाको कोडिङ तालिमका लागि आवेदन खुला     |     खाँडाचक्र–४ मा बिना राष्ट्रिय परिचयपत्र भत्ता वितरण बन्द हुने     |     बजेट २०८२/८३ को तयारी अन्तिम चरणमा, अर्थ मन्त्रालयका प्रकाशनहरु तयार     |     खानेपानीमन्त्री यादवले सरसफाईको क्षेत्रमा राजनितिक दलहरुसँग खोजे प्रतिबद्धता     |     एकीकृत समाजवादी ओलीशैलीमा हिडेको भन्दै प्रेस संगठनका उपाध्यक्ष साहले दिए राजीनामा     |     एमालेलाई स्पष्ट बहुमत ल्याउने ‘मिसन २०८४’ मा जुट्न जनप्रतिनिधिलाई प्रधानमन्त्रीको आग्रह     |     नेपाली बजारमा सुनको मूल्यमा वृद्धि, चाँदी स्थिर     |     ‘महाभोज’ प्रचारका लागि ‘सत्य कहिल्यै लुक्दैन’ शीर्षकमा सडक नाटक     |     ‘अञ्जिला’को युके प्रदर्शनमा एञ्जिला सहभागी नहुने, दर्शकसँग मागिन् माफी     |     दोस्रो हप्तामा ‘के घर के डेरा : घर नं २’लाई उच्च अकुपेन्सी     |    
समाचार

बस दुर्घटना हुँदा नौ जना घाइते

१ मंसिर २०८१, शनिबार १०:३८

१ मंसिर, रुकुम पश्चिम। काठमाडौँबाट राडीतर्फ आउँदै गरेको बस रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ रिठामा दुर्घटना हुँदा नौ जना घाइते भएका छन्।

प्रदेश ३–०१ ००५ ख ९९६६ नम्बरको बस आज भेरी करिडोरअन्तर्गत रिठा नजिकै दुर्घटना हुँदा धादिङ खाग्री गाउँपालिका–१ का ३१ वर्षीय चालक खड्कबहादुर तामाङ, सोही गाउँपालिका–६ का २८ वर्षीय भीमबहादुर भुलन, रुकुम पश्चिमको आठबिसकोट–९ का ३१ वर्षीय प्रकाश गौतम, दोलखा भिमेश्वर नगरपालिका–७ का २६ वर्षीय प्रकाश मगराठी घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी, प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए।

अन्य घाइतेमा आठबिसकोट–११ का १७ वर्षीय गणेश रसाइली, जाजरकोट नलगाड नगरपालिका–८ का ४५ वर्षिया भीमकुमारी चँदारा, उहाँको १० वर्षीय छोरा मानबहादुर चँदारा, मोरङ खेरुवा नगरपालिका–५ का २८ वर्षीय आकाश काफ्ने र जाजरकोट नलगाड–१२ की २५ वर्षिया किसङकुमारी विक छन्।

घाइते सबै अहिले नगर अस्पताल राडीमा उपचार भइरहको प्रहरी निरीक्षक पाठकले जानकारी दिए। बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको थियो।

प्रतिक्रिया दिनुहोस्