Trending
अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |     दाङको तुल्सीपुर क्षेत्रमा नेपाली सेनाको सशक्त सुरक्षा गस्ती     |     काठमाडौंबाट मधेसीलाई लखेटने बालेनहरु मधेसी हुनैसक्दैनन् : प्रभु साह     |     चलचित्र ‘जिरो डिग्री’मा नायिका सनिशा भट्टराईको ‘इन्ट्री’     |     आजबाट इलाममा फ्रेन्ड्स सिनेमाजको नयाँ हल सञ्चालनमा पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल     |     कांग्रेसले फागुन १७ गते काठमाडौँमा चुनावी सभा गर्ने     |     रास्वपाको पोखराको जनसम्बोधन कार्यक्रम पनि स्थगित्     |    
समाचार

कूटनीतिक माध्यमबाट युद्ध अन्त्य गर्नुपर्छ: जेलेन्स्की

२ मंसिर २०८१, आईतवार ०२:२८

२ मंसिर,काठमाडौँ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी वर्ष कूटनीतिक माध्यमबाट रूससँगको युद्ध अन्त्य गर्न चाहेको बताएका छन् ।

उनले अर्को वर्ष डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकामा राष्ट्रपति पदको कार्यभार सम्हाल्ने बित्तिकै यो द्वन्द्व अन्त्य हुने विश्वास व्यक्त गरे ।युक्रेनी रेडियोसँगको अन्तर्वार्तामा जेलेन्स्कीले भने, “यो युद्ध अर्को वर्ष अन्त्य होस् भनेर हामीले सक्दो प्रयास गर्नुपर्छ । हामीले कूटनीतिक माध्यमबाट यसलाई अन्त्य गर्नुपर्छ । यो धेरै महत्त्वपूर्ण छ ।”

रूस र युक्रेनबीच कुनै अर्थपूर्ण वार्ता भएको छैन, तर ट्रम्पको राष्ट्रपति पदले द्वन्द्वको भविष्यमाथि प्रश्न उठाएको छ । रिपब्लिकन नेता ट्रम्पले बारम्बार छिटो युद्ध अन्त्य गर्ने बताएका छन् ।

जेलेन्स्कीले भने, “रूसीहरु के चाहन्छन् भनेर हामीले बुझ्नुपर्छ ।” रूसतर्फ संकेत गर्दै उनले भने, “हामीले यस्तो राज्यसँग युद्ध गरिरहेका छौँ कि जसले आफ्ना जनताको कदर गर्दैन, जहाँ धेरै उपकरणहरू छन्, जसले कति मानिसहरू मर्छन् भन्ने कुराको वास्ता गर्दैन ।”

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोले कब्जा गरेको युक्रेनी भूमि किएभले दाबी नगरी आत्मसमर्पण गरेमा मात्र युक्रेनसँग वार्ता स्वीकार गर्ने बताएका छन् । क्रेमलिनले शुक्रबार जर्मन चान्सलर ओलाफ स्कोल्जसँग फोनमा भएको कुराकानीमा उक्त माग दोहोर्‍याएको जनाएको छ ।

जेलेन्स्कीले पुटिनको सर्त अस्वीकार गरेका छन् । मस्को यस वर्षको गृष्मयामदेखि पूर्वी युक्रेनमा निरन्तर अघि बढ्दै पोक्रोभ्स्क र कुराखोभ जस्ता प्रमुख क्षेत्रहरूको नजिक पुगेको छ । जेलेन्स्कीले शनिबार रुसी सेनाले ठूलो क्षति व्यहोर्नुपरेको र केही क्षेत्रमा सैन्य कारबाही ‘सुस्त’ भएको बताएका थिए । एएफपी

प्रतिक्रिया दिनुहोस्