Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

कीर्तिपुरको मेयर र वडाअध्यक्षमा जसपा नेपालबाट तेस्रोलिङ्गी महिला उम्मेदवार

२ मंसिर २०८१, आईतवार ०८:२४

२ मंसिर,काठमाडौँ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले कीर्तिपुर नगरपालिकाको प्रमुख पद र वडाध्यक्षमा उम्मेदवारी दर्ता गरेको छ ।

मेयरमा दीपक महर्जन (हनि) ले उम्मेदवारी दर्ता गराएका छन् भने वडा नम्बर ४ को अध्यक्षमा राजीब महर्जन (मौनी) ले उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

जसपा नेपालबाट उम्मेदवारी दिएका दुवै जना यौनिक अल्पसंख्यक समुदायका हुन् । यहाँ मंसिर १६ गते उपनिर्वाचन हुँदैछ। आइतबार मनोनयन दर्ताको कार्यक्रम चलिरहेको छ । राजनीतिमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सहभागिताका लागि उनीहरूलाई अघि सारिएको जसपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्