Trending
साफ महिला यू-२०: नेपालले भुटानलाई ६–१ ले हराउँदै शानदार सुरुआत     |     दुर्गेश थापाको ‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत     |     कर्णालीमा प्रशासनिक संरचना पुनर्संरचना हुँदै, मन्त्रालय घटाएर ६ बनाउने सिफारिस     |     एक हातमा दुधे बालक र अर्को हातमा खाली गाग्री बोकेर खानेपानी माग्दै सुकुम्बासी     |     नेपाल टेलिकमको ‘मनसुन अफर’ सार्वजनिक     |     युट्युबले हटाउँदैछ ‘ट्रेन्डिङ’ सेक्सन, नयाँ चार्ट प्रणाली ल्याउने तयारी     |     बडिमालिका मन्दिरको पुनर्निर्माण सम्पन्न     |     गायिका एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा     |     फिल्म ‘चिठी’ भदौ २० मा प्रर्दशन हुने, पोस्टरसहित मिति घोषणा     |     ल्हेन्दे खोलाको बाढीबाट विस्थापितलाई सुरक्षित गन्तव्यतर्फ पठाइयो     |    
समाचार

कीर्तिपुरको मेयर र वडाअध्यक्षमा जसपा नेपालबाट तेस्रोलिङ्गी महिला उम्मेदवार

२ मंसिर २०८१, आईतवार ०८:२४

२ मंसिर,काठमाडौँ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले कीर्तिपुर नगरपालिकाको प्रमुख पद र वडाध्यक्षमा उम्मेदवारी दर्ता गरेको छ ।

मेयरमा दीपक महर्जन (हनि) ले उम्मेदवारी दर्ता गराएका छन् भने वडा नम्बर ४ को अध्यक्षमा राजीब महर्जन (मौनी) ले उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

जसपा नेपालबाट उम्मेदवारी दिएका दुवै जना यौनिक अल्पसंख्यक समुदायका हुन् । यहाँ मंसिर १६ गते उपनिर्वाचन हुँदैछ। आइतबार मनोनयन दर्ताको कार्यक्रम चलिरहेको छ । राजनीतिमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सहभागिताका लागि उनीहरूलाई अघि सारिएको जसपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्