Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

उपनिर्वाचन : ४२ पदका लागि ४०७ जनाको मनोनयन दर्ता

२ मंसिर २०८१, आईतवार १५:२४

२ मंसिर,काठमाडौँ। मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि ४४ पदमा ४१० जनाको उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन आयोगका अनुसार देशभर उपनिर्वाचन हुन लागेका ४४ पदमा ४१० जनाको उम्मेदवारी परेको हो । उनीहरूमध्ये ६६ जना महिला, ३४२ जना पुरुष र अन्य दुई जना छन् ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ३५ महिला, ४८ पुरुष र एक अन्य गरी ८४ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

गाउँपालिका र नगरपालिका वडा अध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, दुई सय ९३ पुरूष र एक अन्य गरी जम्मा तीन सय २३ जनाको मनोयन पत्र दर्ता भएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिए । कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा दुई महिला र ओखलढुङ्गा जिल्ला समन्वय समितिको प्रमुखमा एक जना पुरुष उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ ।

उनका अनुसार सबैभन्दा धेरै धनुषाको धनुषाधाम नगरपालिका वडा नं. १ को वडा अध्यक्ष पदमा २१ जनाको उम्मेदवारी परेको छ भने सबैभन्दा कम रूकुम (पूर्वी भाग)को पुथा उत्तरगंगा गाउँपालिका वडा नं. २ को वडा अध्यक्ष तथा बझाङको सुर्मा गाउँपालिका वडा नं. ४ को वडा अध्यक्ष पदमा ३/३ जनाको मात्रै उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस्