Trending
परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक     |     २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’     |     सुनको मूल्य घट्यो, चाँदीको बढ्यो     |     देशभरको मौसम सफा रहने पूर्वानुमान     |     आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर     |     नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |    
समाचार

उपनिर्वाचन : ४२ पदका लागि ४०७ जनाको मनोनयन दर्ता

२ मंसिर २०८१, आईतवार १५:२४

२ मंसिर,काठमाडौँ। मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि ४४ पदमा ४१० जनाको उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन आयोगका अनुसार देशभर उपनिर्वाचन हुन लागेका ४४ पदमा ४१० जनाको उम्मेदवारी परेको हो । उनीहरूमध्ये ६६ जना महिला, ३४२ जना पुरुष र अन्य दुई जना छन् ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ३५ महिला, ४८ पुरुष र एक अन्य गरी ८४ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

गाउँपालिका र नगरपालिका वडा अध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, दुई सय ९३ पुरूष र एक अन्य गरी जम्मा तीन सय २३ जनाको मनोयन पत्र दर्ता भएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिए । कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा दुई महिला र ओखलढुङ्गा जिल्ला समन्वय समितिको प्रमुखमा एक जना पुरुष उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ ।

उनका अनुसार सबैभन्दा धेरै धनुषाको धनुषाधाम नगरपालिका वडा नं. १ को वडा अध्यक्ष पदमा २१ जनाको उम्मेदवारी परेको छ भने सबैभन्दा कम रूकुम (पूर्वी भाग)को पुथा उत्तरगंगा गाउँपालिका वडा नं. २ को वडा अध्यक्ष तथा बझाङको सुर्मा गाउँपालिका वडा नं. ४ को वडा अध्यक्ष पदमा ३/३ जनाको मात्रै उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस्