Trending
परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक     |     २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’     |     सुनको मूल्य घट्यो, चाँदीको बढ्यो     |     देशभरको मौसम सफा रहने पूर्वानुमान     |     आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर     |     नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |    
समाचार

रास्वपाले दर्ता गरायो २६ स्थानीय तहमा उम्मेदवारी

२ मंसिर २०८१, आईतवार १५:२७

२ मंसिर,काठमाडौँ। मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २६ स्थानमा उम्मेदवारी दर्ता गरेको छ ।

पहिलो पटक स्थानीय तह निर्वाचनमा भाग लिएको रास्वपाले ४४ मध्ये २६ पदमा उम्मेदवारी दर्ता गराएको हो। रास्वपाले कतिपय ठाउँमा स्वतन्त्र उम्मेदवारलाई सघाउने निर्णय गरेको छ।

रास्वपाका तर्फबाट मोरङ ग्रामथान गाउँपालिका अध्यक्षमा नवीनकुमार खवास, तेह्रथुमको लालीगुराँस नगरपालिका–८ को अध्यक्षमा संजीव खड्का, सुनसरी गढी गाउँपालिका–६, अध्यक्षमा शशिकुमार शाहु, ओखलढुंगाको मोलसङ गाउँपालिका–५ मा विष्णुप्रसा पोख्रेल, ताप्लेजुङ सिरिजंगा गाउँपालिका–३, अध्यक्ष देवीप्रसाद पौडेल, उदयपुरको त्रियुगा गाउँपालिका–१२ अध्यक्षमा ध्रुवप्रसाद पोख्रेल र बेलका नगरपालिका–८ को अध्यक्षमा तेजमान विश्वकर्माले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै धनुषको धनुषाधाम नगरपालिका–१ अध्यक्षमा रामनरेश दास, महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को अध्यक्षमा खुर्सैद खाँले उम्मेदवारी दिएका छन्।

दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा गोमा श्रेष्ठ, काठमाडौँको काठमाडौँ महानगरपालिका–१६ को अध्यक्षमा रोजिना श्रेष्ठ, नुवाकोट ककनी गाउँपालिका–२ को अध्यक्षमा मंगलसिद्धि लामा तामाङ, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२, आशावीर बलले उम्मेदवारी दिएका छन्।

गोरखाको गोरखा नगरपालिका–५ को अध्यक्षमा मंगलबहादुर थापा, गुल्मीको मुसीकोट नगरपालिका–१ को अध्यक्षमा विकास थापा, रोल्पाको रुन्टिगढी नगरपालिका–४ अध्यक्षमा हिमबहादुर पुन, कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ अध्यक्षमा अवधेशकुमार चौधरीले उम्मेदवारी दर्ता गराएका छन्।

यसै गरी दैलेखको महाबु गाउँपालिका अध्यक्षमा प्रकाशकुमार बुढा, दुल्लु नगरपालिका–१३ अध्यक्षमा रामबहादुर शाही, कालीकोट तीलागुफा–४ अध्यक्षमा गगन बम, जाजरकोटको नलगाड नगरपालिका उपप्रमुखमा पार्वती पुन, कुशे गाउँपालिका–७ अध्यक्षमा कमान सार्की र हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा वाचा बुढाले उम्मेदवारी दर्ता गराएका छन्।

प्रतिक्रिया दिनुहोस्