Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

रास्वपाले दर्ता गरायो २६ स्थानीय तहमा उम्मेदवारी

२ मंसिर २०८१, आईतवार १५:२७

२ मंसिर,काठमाडौँ। मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २६ स्थानमा उम्मेदवारी दर्ता गरेको छ ।

पहिलो पटक स्थानीय तह निर्वाचनमा भाग लिएको रास्वपाले ४४ मध्ये २६ पदमा उम्मेदवारी दर्ता गराएको हो। रास्वपाले कतिपय ठाउँमा स्वतन्त्र उम्मेदवारलाई सघाउने निर्णय गरेको छ।

रास्वपाका तर्फबाट मोरङ ग्रामथान गाउँपालिका अध्यक्षमा नवीनकुमार खवास, तेह्रथुमको लालीगुराँस नगरपालिका–८ को अध्यक्षमा संजीव खड्का, सुनसरी गढी गाउँपालिका–६, अध्यक्षमा शशिकुमार शाहु, ओखलढुंगाको मोलसङ गाउँपालिका–५ मा विष्णुप्रसा पोख्रेल, ताप्लेजुङ सिरिजंगा गाउँपालिका–३, अध्यक्ष देवीप्रसाद पौडेल, उदयपुरको त्रियुगा गाउँपालिका–१२ अध्यक्षमा ध्रुवप्रसाद पोख्रेल र बेलका नगरपालिका–८ को अध्यक्षमा तेजमान विश्वकर्माले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै धनुषको धनुषाधाम नगरपालिका–१ अध्यक्षमा रामनरेश दास, महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को अध्यक्षमा खुर्सैद खाँले उम्मेदवारी दिएका छन्।

दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा गोमा श्रेष्ठ, काठमाडौँको काठमाडौँ महानगरपालिका–१६ को अध्यक्षमा रोजिना श्रेष्ठ, नुवाकोट ककनी गाउँपालिका–२ को अध्यक्षमा मंगलसिद्धि लामा तामाङ, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२, आशावीर बलले उम्मेदवारी दिएका छन्।

गोरखाको गोरखा नगरपालिका–५ को अध्यक्षमा मंगलबहादुर थापा, गुल्मीको मुसीकोट नगरपालिका–१ को अध्यक्षमा विकास थापा, रोल्पाको रुन्टिगढी नगरपालिका–४ अध्यक्षमा हिमबहादुर पुन, कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ अध्यक्षमा अवधेशकुमार चौधरीले उम्मेदवारी दर्ता गराएका छन्।

यसै गरी दैलेखको महाबु गाउँपालिका अध्यक्षमा प्रकाशकुमार बुढा, दुल्लु नगरपालिका–१३ अध्यक्षमा रामबहादुर शाही, कालीकोट तीलागुफा–४ अध्यक्षमा गगन बम, जाजरकोटको नलगाड नगरपालिका उपप्रमुखमा पार्वती पुन, कुशे गाउँपालिका–७ अध्यक्षमा कमान सार्की र हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा वाचा बुढाले उम्मेदवारी दर्ता गराएका छन्।

प्रतिक्रिया दिनुहोस्