Trending
अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |     दाङको तुल्सीपुर क्षेत्रमा नेपाली सेनाको सशक्त सुरक्षा गस्ती     |     काठमाडौंबाट मधेसीलाई लखेटने बालेनहरु मधेसी हुनैसक्दैनन् : प्रभु साह     |     चलचित्र ‘जिरो डिग्री’मा नायिका सनिशा भट्टराईको ‘इन्ट्री’     |     आजबाट इलाममा फ्रेन्ड्स सिनेमाजको नयाँ हल सञ्चालनमा पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल     |     कांग्रेसले फागुन १७ गते काठमाडौँमा चुनावी सभा गर्ने     |     रास्वपाको पोखराको जनसम्बोधन कार्यक्रम पनि स्थगित्     |    
समाचार

सुनसरीमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु

२ मंसिर २०८१, आईतवार १५:३२

२ मंसिर,सुनसरी। सुनसरीको खनार नजिकै शान्ति चोकमा बसको ठक्करबाट एक छात्राको घटनास्थलमै मृत्यु भएको छ।

खनारको शान्ति चोकमा आइतबार साँझ इटहरीबाट विराटनगर जाँदै गरेको मे १ ख ४५७४ नम्बरको बसले ठक्कर दिँदा साइकलमा सवार इटहरी उपमहानगरपालिका–१० की १३ वर्षीया सम्झना यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनी इटहरीको जनता माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययरत थिइन्। प्रहरीका अनुसार बसको ठक्करबाट बालिकाको घटनास्थलमा मृत्यु भएको थियो। दुर्घटनापछि तीव्र गतिमा भागेको बसलाई स्थानीयले सुनसरी–मोरङ सिँचाइ आयोजनाको पुलनजिकै आगो लगाएका छन्।

दुर्घटना पछि भागेको बसलाई आक्रोशित स्थानीयवासीले आगो लगाएका हुन् । आगजनीका कारण बस पूर्णरुपले ध्वस्त भएको छ । सो दुर्घटनालगत्तै खनार क्षेत्र तनावग्रस्त बनेको थियो । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्