Trending
राष्ट्रपतिबाट प्रधानमन्त्रीको राजीनामा स्वीकृत     |     रास्वपा सांसदले सामूहिक राजीनामा     |     ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा     |     सेनाले क्वाटरबाट मन्त्रीलाई सार्‍यो सुरक्षित स्थानमा     |     स्वास्थ्यमन्त्री पौडेलले दिए राजीनामा     |     युवापुस्ताको ज्यान लिनु निन्दनीय : पूर्वाराजा     |     सिंहदरबारभित्र छिरे प्रदर्शनकारी     |     जेनजी प्रदर्शन : ट्रमामा थप दुईको मृत्यु, मृतकको संख्या १७ पुग्यो     |     हामी सबै धेरै अघि नै शहीद भइसकेका छौँः पारस खड्का     |     कांग्रेस केन्द्रीय सदस्यले मागे गृहमन्त्रीको राजीनामा     |    
समाचार

सुनसरीमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु

२ मंसिर २०८१, आईतवार १५:३२

२ मंसिर,सुनसरी। सुनसरीको खनार नजिकै शान्ति चोकमा बसको ठक्करबाट एक छात्राको घटनास्थलमै मृत्यु भएको छ।

खनारको शान्ति चोकमा आइतबार साँझ इटहरीबाट विराटनगर जाँदै गरेको मे १ ख ४५७४ नम्बरको बसले ठक्कर दिँदा साइकलमा सवार इटहरी उपमहानगरपालिका–१० की १३ वर्षीया सम्झना यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनी इटहरीको जनता माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययरत थिइन्। प्रहरीका अनुसार बसको ठक्करबाट बालिकाको घटनास्थलमा मृत्यु भएको थियो। दुर्घटनापछि तीव्र गतिमा भागेको बसलाई स्थानीयले सुनसरी–मोरङ सिँचाइ आयोजनाको पुलनजिकै आगो लगाएका छन्।

दुर्घटना पछि भागेको बसलाई आक्रोशित स्थानीयवासीले आगो लगाएका हुन् । आगजनीका कारण बस पूर्णरुपले ध्वस्त भएको छ । सो दुर्घटनालगत्तै खनार क्षेत्र तनावग्रस्त बनेको थियो । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्