Trending
परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक     |     २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’     |     सुनको मूल्य घट्यो, चाँदीको बढ्यो     |     देशभरको मौसम सफा रहने पूर्वानुमान     |     आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर     |     नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |    
समाचार

सत्तारुढ दलको तालमेल : उम्मेदवार एमालेको, चुनाव चिह्न कांग्रेसको

३ मंसिर २०८१, सोमबार ०२:२१

३ मंसिर,काठमाडौँ। आउँदो मंसिर १६ मा हुने उप निर्वाचनका लागि आइतबार (हिजो) उम्मेदवारी दिने समय तोकिएको थियो।

देशभरको ४४ स्थानमा तोकिएको उपनिर्वाचनमा देशका ठूला दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच नै तालमेल भएको पाइएको छ। कतै एमालेले कांग्रेसलाई साथ दिएको छ भने कतै कांग्रेसले आफ्नो उम्मेदवार नउठाएर सहयोग गरेको छ।

रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन हुने भएको छ । पालिका उपाध्यक्ष र एक वडाध्यक्षका लागि हुने उपचुनावमा दुवै दलले साझा उम्मेदवार अगाडि सारेका हुन् । यहाँ रोचक त के छ भने दुवै उम्मेदवार एमालेकै हुनेछन् तर, उपाध्यक्ष पदकी उम्मेदवार एमाले रुकुमपूर्वकी जिल्ला उपसचिव केशकुमारी तुलाचनले कांग्रेसको रुख चिह्नबाट चुनाव लड्नेछिन् ।

एमाले रुकुमपूर्वका जिल्ला अध्यक्ष लिलामणि गौतमले दुवै दलबाट साझा उम्मेदवार एमालेबाट उठाइएको बताए । यद्यपि वडा नम्बर २ का वडाध्यक्ष पदको उम्मेदवार बनेका एमालेका जीवन रोकाले भने सूर्य चिह्नबाट चुनाव लड्नेछन् ।

प्रतिक्रिया दिनुहोस्