Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

सत्तारुढ दलको तालमेल : उम्मेदवार एमालेको, चुनाव चिह्न कांग्रेसको

३ मंसिर २०८१, सोमबार ०२:२१

३ मंसिर,काठमाडौँ। आउँदो मंसिर १६ मा हुने उप निर्वाचनका लागि आइतबार (हिजो) उम्मेदवारी दिने समय तोकिएको थियो।

देशभरको ४४ स्थानमा तोकिएको उपनिर्वाचनमा देशका ठूला दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच नै तालमेल भएको पाइएको छ। कतै एमालेले कांग्रेसलाई साथ दिएको छ भने कतै कांग्रेसले आफ्नो उम्मेदवार नउठाएर सहयोग गरेको छ।

रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन हुने भएको छ । पालिका उपाध्यक्ष र एक वडाध्यक्षका लागि हुने उपचुनावमा दुवै दलले साझा उम्मेदवार अगाडि सारेका हुन् । यहाँ रोचक त के छ भने दुवै उम्मेदवार एमालेकै हुनेछन् तर, उपाध्यक्ष पदकी उम्मेदवार एमाले रुकुमपूर्वकी जिल्ला उपसचिव केशकुमारी तुलाचनले कांग्रेसको रुख चिह्नबाट चुनाव लड्नेछिन् ।

एमाले रुकुमपूर्वका जिल्ला अध्यक्ष लिलामणि गौतमले दुवै दलबाट साझा उम्मेदवार एमालेबाट उठाइएको बताए । यद्यपि वडा नम्बर २ का वडाध्यक्ष पदको उम्मेदवार बनेका एमालेका जीवन रोकाले भने सूर्य चिह्नबाट चुनाव लड्नेछन् ।

प्रतिक्रिया दिनुहोस्