Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

ढोरपाटनमा आँखा शिविर : एक हजार ५५ जनाले लिए निःशुल्क सेवा

३ मंसिर २०८१, सोमबार ०२:३४

३ मंसिर,बागलुङ। ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा भएको आँखा शिविरबाट एक हजार ५५ जनाले निःशुल्क सेवा लिएका छन् ।

शनिबारदेखि सुरु भएको शिविरबाट जिल्लाको ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाका नागरिकले निःशुल्क सेवा लिएका हुन् ।

ढोरपाटन नगरपालिका र लायन्स क्लब अफ ढोरपाटनको सहकार्यमा भएको शिविरमा आँखाको चेकजाँचसँगै उपचार र मोतियाविन्दुको शल्यक्रियासमेत गरिएको छ । शिविरको पहिलो दिन पाँच सय ८१ जना र दोस्रो दिन चार सय ७४ जना नागरिकले सेवा लिएको लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष छविलाल पाण्डेले जानकारी दिए । दुई दिनमा ५४ जनाको मोतियाविन्दुको शल्यक्रिया निःशुल्क गरिएको उनको भनाइ छ ।

शिविरबाट थप १५ जनाको आँखाको शल्यक्रिया गर्न सिफारिस गरेको आँखा रोग विशेषज्ञ विनम लामिछानेले बताए । शिविरमा नेपाल नेत्र ज्योति सङ्घ, हिमालय आँखा अस्पताल पोखरा, धौलागिरि आँखा अस्पताल बागलुङको प्राविधिक सहयोग रहेको थियो ।

ताकम फाउन्डेसन नेदरल्याण्ड्सको विशेष सहयोग बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र, नेपाल रेडक्रस सोसाइटी उपशाखा बुर्तिबाङ, ढोरपाटन उद्योग वाणिज्य सङ्घ, बुर्तिबाङ राइजिङ युवा क्लबले प्राविधिक सहयोग गरेका थिए ।

गत बिहीबार तमानखोला गाउँपालिकामा पनि आँखा शिविर सञ्चालन भएको थियो । उक्त शिविरबाट आठ सय जनाले निःशुल्क सेवा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्