Trending
परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक     |     २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’     |     सुनको मूल्य घट्यो, चाँदीको बढ्यो     |     देशभरको मौसम सफा रहने पूर्वानुमान     |     आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर     |     नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |    
समाचार

दुर्घटनामा स्कुटर चालकको मृत्यु

३ मंसिर २०८१, सोमबार १३:५९

३ मंसिर,कञ्चनपुर। कञ्चनपुरको दोधारा चाँदनीमा स्कुटर दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा स्कुटर चालक दोधारा चाँदनी नगरपालिका–९ का २१ वर्षीय देव नाथको मृत्यु भएको हो। दोधारा चाँदनी नगरपालिका–९ शान्ति टोलमा युके ०६ बिई ९३८२ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक नाथ गम्भीर घाइते भएका थिए। उनको भारतस्थि खटिमामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

नाथले चलाएको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिएर दुर्घटना भएको थियो। पैदलयात्री घाइते छन्। उनकोे दोधारा चाँदनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्