Trending
बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो     |     गण्डकी प्रदेशका नव प्रतिभाको उत्सव: गृष्मा र सौगात विजयी घोषित     |     फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई     |     यी भूभागमा भारी वर्षाको सम्भावना     |     सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?     |     ९ वर्षपछि कालिमाटी सडक कालोपत्रे सम्पन्न, सुर्खेत–दाङ आवागमन सहज     |     बेतन कर्णाली आयोजनालाई निर्माण स्वीकृति     |     प्रभु साहको प्रश्न, ‘सुकुम्बासी बस्तीमा खानेपानी किन रोकेको ?’     |     कालीकोट पूर्ण खोप सुनिश्चित जिल्ला घोषित     |     करोडौंको संरचना अलपत्र: जुम्लामा संघीय खानेपानी कार्यालय हटाउने निर्णयले स्थानीय आक्रोशित     |    
समाचार

देश र जनताका लागि व्यक्तिगत स्वार्थ त्याग्नु पर्छ : उपाध्यक्ष ज्ञवाली

३ मंसिर २०८१, सोमबार १४:२०

३ मंसिर,दाङ। नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले देश र जनताका लागि व्यक्तिगत स्वार्थ त्याग्नुपर्ने बताएका छन् ।

एमाले क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं २, दाङले आज घोराहीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उपाध्यक्ष ज्ञवालीले कम्युनिस्ट पार्टीका कार्यकर्ता अध्ययनशील, गतिशील, इमान्दार र मेहनती हुनुपर्ने धारणा राखे । उनले जनताको बहुदलीय जनवाद (जबज)को सार समाजको रूपान्तरण भएको उल्लेख गरे ।

आर्थिक र सामाजिक परिवर्तनका लागि सबै एकताबद्ध हुनुपर्ने उनको भनाइ थियो । मुलुकको प्रमुख समस्या भ्रष्टाचार भएको बताउँदै उनले कम्युनिस्ट पार्टीको नेता तथा कार्यकर्ताले कुनै किसिमको भ्रष्टाचार गर्न नहुने स्पष्ट पारे ।

सोही कार्यक्रममा नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मिसन–८४ मा पार्टीलाई निर्णायक शक्तिका रूपमा स्थापित गरिने बताए ।उनले नेताको टाउको जोडेर होइन कार्यकर्ताको मुख जोडेर पार्टी बलियो बनाउन चाहेको बताए । उनले भने, “पार्टीलाई एकताबद्ध गरेर अगाडि बढाउन चाहन्छौँ ।

नेता कार्यकर्ताले जनताका समस्यासँग जुधेर, मुद्दामा ध्यान दिएर जनतालाई विश्वास गरेर अगाडि बढ्नु जरुरी छ ।” उनले वर्तमान सरकार विकास र समृद्धिको मार्गतर्फ अगाडि बढिरहेको सन्दर्भमा सत्ता पक्षबाट भएका रचनात्मक क्रियाकलापका विषयमा जनतामाझ पुर्याउन कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्