Trending
साढे नौ हजारले बढ्यो सुनको मूल्य     |     आजदेखि देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु     |     विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबै बिरामी : शिविर मार्फत उपचार सुरु     |     टी–२० विश्वकप क्रिकेटः आज नेपाल इङ्ल्यान्डसँग भिड्दै     |     साफ यू–१९ महिला च्याम्पियनसिपको उपाधि भारतलाई     |     सूर्यकुमारको उत्कृष्ट पारीमा भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य     |     म्यान्चेस्टर युनाइटेडद्वारा टोटेनह्याम पराजित     |     वेस्ट इन्डिजद्वारा स्कटल्यान्ड पराजित     |     विदेश पठाउने नाममा ३१ लाख ठगी गर्ने दुई जना पक्राउ     |     ‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन     |    
समाचार

कमलेश अग्रवालको गुनासो- भारतसँग व्यापार सहजीकरण हुन सकेन

४ मंसिर २०८१, मंगलवार १२:२७

४ मंसिर, काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालसहितको पदाधिकारी र कार्यसमितिले भारतका लागि नवनियुक्त राजदूत शंकर शर्मासँग भेटवार्ता गरेको छ ।

चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल सहित पदाधिकारी र कार्यसमितिले भारतका लागि नेपाली राजदूत शंकर शर्मासँग भेटवार्ता गरेको छ ।चेम्बर भवनमा मंगलबार भएको भेटमा चेम्बरले नेपाल भारत व्यापार सहजीकरण एवं नेपालमा लगानीका लागि नवनियुक्त राजदूत शर्मा समक्ष आग्रह गरेको छ ।

चेम्बरका अध्यक्ष अग्रवालले भारतसँग नेपालले स्वतन्त्र एवं खुला व्यापार नीति अंगिकार गरे पनि व्यावहारिक लाभ प्राप्त गर्न नसकेको बताए ।पर्यटन आर्कषण र लगानी मार्फत भारतसंगको व्यापार घाटा न्यूनीकरण गर्न समेत नवनियुक्त राजदूत शर्मालाई चेम्बरले सुझाव दिएको छ । चेम्बरका अध्यक्ष अग्रवालले भारतसंगको बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि जलविद्युत तथा सेवा क्षेत्रमा भारतीय लगानी आर्कषित गर्नुपर्नेमा जोड दिए ।

व्यापार सहजीकरणका लागि रेलवे ट्रान्सपोर्टेसनमा सहजीकरण, भन्सारमा अन्तराष्ट्रियस्तरको क्वारेन्नि ल्याव राख्नका लागि पहल गर्न समेत अध्यक्ष अग्रवालले नवनियुक्त राजदूत शर्मासमक्ष आग्रह गरे ।

उच्चस्तरीय क्वारेन्टिन ल्याव भन्सारमा नहुँदा भारतबाट आयता –निर्यात हुने वस्तुहरुको गुणस्तर मापन हुन नसकेको भन्दै अध्यक्ष अग्रवालले राजदूत शर्माको ध्यानकर्षण गराए ।

राजदूत शर्मासँग अध्यक्ष अग्रवालले भने, ‘भारतमा दिर्घकालिन व्यापारिक लाभ प्राप्त गर्नेगरी निर्यात सहजीकरण गरिनुपर्दछ । रेलवे तथा वाटरवेको प्रभावकारी सञ्चालनका लागि पहल कदमी गरिनुपर्दछ ।’ नेपाली सामान बोकेका कन्टेनरहरु लामो समयसम्म रोकिँदा अतिरिक्त भार बढेकाले पारवहन सहजिकरण गरिदिन चेम्बर पदाधिकारीले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्