Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

मन्त्रिपरिषद् बैठक स्थगित, कांग्रेस-एमाले नेताहरू छलफलमा

४ मंसिर २०८१, मंगलवार १२:३८

४ मंसिर, काठमाडौं। मंगलबार साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । बैठक किन स्थगित भयो भन्ने खुलाइएको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।मन्त्रिपरिषद् बैठक स्थगित गरेर सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच अहिले बालुवाटारमै छलफल भइरहेको छ ।

छलफलमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओली, उपमहासचिव एवं प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, परराष्ट्रमन्त्री आरजु राणा देउवा सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्