Trending
परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक     |     २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’     |     सुनको मूल्य घट्यो, चाँदीको बढ्यो     |     देशभरको मौसम सफा रहने पूर्वानुमान     |     आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर     |     नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |    
समाचार

कोशीका पूर्वमन्त्री अधिकारीलाई थप पाँच दिन हिरासतमै रहने

४ मंसिर २०८१, मंगलवार १२:४५

४ मंसिर, काठमाडौं। मानव तस्करीको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

अदालतले आज (मंगलबार) उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । हिरासतमा राख्न अदालतबाट अनुमति लिएको समय सकिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अधिकारीलाई मंगलबार जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । अदालतले थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

नक्कली परिचयपत्र बनाई संगठित गिरोहलाई मोटो रकम बुझाएर गत साता जापान पुगेका तीन युवा अध्यागमनबाट फिर्ता गरिएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेर प्रहरी अनुसन्धानमा थिए । तर उनीहरूसँगै सेटिङमा जापान पुगेर फर्काइएका कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारी भने अझै अनुसन्धानको दायरा बाहिरै थिए । जब पदबाट राजीनामा दिए र विषयले चर्को रुप लियो, त्यसपछि प्रहरीको फन्दामा परेका हुन् ।

यही कात्तिक १३ गते संघीय र प्रदेश सरकारको अनुमतिबेगर अधिकारी जापानको टोकियोमा हुने एक कार्यक्रममा सहभागी हुन भन्दै टोकियो विमानस्थल पुगेका थिए । टोकियो विमानस्थल कार्यालयले भने त्यहाँ प्रवेश नदिई नेपाल ‘डिपोर्ट’ गरेसँगै मानव तस्करीको धन्दा खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्