Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

कोशीका पूर्वमन्त्री अधिकारीलाई थप पाँच दिन हिरासतमै रहने

४ मंसिर २०८१, मंगलवार १२:४५

४ मंसिर, काठमाडौं। मानव तस्करीको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

अदालतले आज (मंगलबार) उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । हिरासतमा राख्न अदालतबाट अनुमति लिएको समय सकिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अधिकारीलाई मंगलबार जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । अदालतले थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

नक्कली परिचयपत्र बनाई संगठित गिरोहलाई मोटो रकम बुझाएर गत साता जापान पुगेका तीन युवा अध्यागमनबाट फिर्ता गरिएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेर प्रहरी अनुसन्धानमा थिए । तर उनीहरूसँगै सेटिङमा जापान पुगेर फर्काइएका कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारी भने अझै अनुसन्धानको दायरा बाहिरै थिए । जब पदबाट राजीनामा दिए र विषयले चर्को रुप लियो, त्यसपछि प्रहरीको फन्दामा परेका हुन् ।

यही कात्तिक १३ गते संघीय र प्रदेश सरकारको अनुमतिबेगर अधिकारी जापानको टोकियोमा हुने एक कार्यक्रममा सहभागी हुन भन्दै टोकियो विमानस्थल पुगेका थिए । टोकियो विमानस्थल कार्यालयले भने त्यहाँ प्रवेश नदिई नेपाल ‘डिपोर्ट’ गरेसँगै मानव तस्करीको धन्दा खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्