५ मंसिर, काठमाडौं। प्लाष्ट नेपाल फाउण्डेशनको आयोजनमा मंसिर १३ देखि १५ गतेसम्म राजधानीको भृकुटीमण्डपस्थित प्रर्दशनीस्थलमा चौथो अन्तर्राष्ट्रियस्तरको प्लाष्टिक प्रर्दशनी हुने भएको छ ।
प्लाष्टिकको बहुआयामिक उपयोगमा भैरहेको विश्वव्यापी विस्तारवाट नेपालसमेत लाभान्वित भैरहेको सन्दर्भमा प्रदर्शनी आयोजना गर्न लागिएको प्लाष्ट नेपालले जानकारी दिएको छ ।
प्लाष्टिकको वहुआयामिक उपयोगमा भैरहेको विश्वव्यापि विस्तारबाट नेपाल समेत लाभान्वित भैरहेको सन्दर्भमा हुन लागेको यस मेला÷प्रदर्शनीमा नेपालमा उत्पादित विभिन्न प्लाष्टिक जन्य वस्तुहरुका उत्पादकहरु साथै प्लाष्टिक उत्पादनमा प्रयोग हुने कच्चा पदार्थहरु, उत्पादनमा प्रयोग गरिने विभिन्न मेशिन–औजार–उपकरणहरु लगायत नविनतम प्रविधि समेतको प्रदर्शनी गरिने कार्यक्रम रहेको प्लाष्ट नेपाल फाउण्डेशनका अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए ।
मेलामा नेपाल, भारत, बंगलादेश, चीन लगायतका विभिन्न उत्पादक, कच्चा पदार्थ आपूर्तिकर्ता र मेशिन उपकरण आपूर्तिकर्ता तथा मिडिया/सेवा प्रदायकहरूको सहभागिता हुनेछ भने मेलाको सह आयोजक भारतको कम्प्लाष्ट रहेको छ ।
प्लाष्टिक उद्योगहरूको जनशक्ति विकास गर्न तालिम÷प्रशिक्षण, आधुनिक र अध्यावधिक ज्ञान र सीप उपलब्ध गराउने÷हस्तान्तरण गर्ने केन्द्रको रुपमा काम गर्ने, प्लाष्टिकजन्य वस्तुहरूको परीक्षण र विकाससम्बन्धी सेवा प्रदान गर्ने प्रयोगशालाको विकास गरी भविष्यमा प्रमाणीकरणको काम समेत गर्ने, प्लाष्टिकजन्य वस्तुहरूको सम्बन्धमा पुनःप्रयोग, पुनःप्रशोधन र न्यूनीकरणको विषयमा जागरण ल्याउने, प्लाष्टिक क्षेत्रको प्रवद्र्धन गरी नेपाललाई प्लाष्टिक गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यसहित प्लाष्ट नेपालले यसअघि तीनवटा अन्तराष्ट्रिय प्रदर्शनी सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।
नेपालमा सञ्चालित प्लाष्टिकजन्य उद्योग र यससँग सम्बन्धित उद्यमी व्यवसायीहरूको प्रयासमा वि.सं. २०७० मा प्लाष्ट नेपाल स्थापना भएको थियो ।