Trending
परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक     |     २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’     |     सुनको मूल्य घट्यो, चाँदीको बढ्यो     |     देशभरको मौसम सफा रहने पूर्वानुमान     |     आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर     |     नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |    
समाचार

वीपी राजमार्ग राति ९ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने

५ मंसिर २०८१, बुधबार १५:०४

५ मंसिर, काभ्रे। वीपी राजमार्ग अन्तर्गत धुलिखेलदेखि वर्षे खोलासम्मको सडक रातिको समयमा बन्द गरिने भएको छ।

डिभिजन कार्यालयले वीपी राजमार्ग धुलिखेलदेखि वर्षे खोलासम्मको सडक खण्डमा चौकीडाँडा, नार्के बजार र कालढुङ्गा (भ्याकुरे खोला) देखि माम्तिखोलासम्म डाइभर्सन मर्मत कार्य भइरहेको बताएको छ ।

त्यस्तै राजमार्गको भकुण्डेवेशीदेखि नेपालथोकसम्म राति ९ बजेदेखि बिहान ४ बजेसम्म सडक अवरुद्ध हुने र अर्को सूचना जारी नभएसम्मका लागि राजमार्गमा राति गाडी नचलाउन सडक डिभिजन कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्