Trending
परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक     |     २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’     |     सुनको मूल्य घट्यो, चाँदीको बढ्यो     |     देशभरको मौसम सफा रहने पूर्वानुमान     |     आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर     |     नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |    
समाचार

३१ जनाको उम्‍मेदवारी फिर्ता, ३ जना निर्विरोध निर्वाचित : निर्वाचन आयोग

५ मंसिर २०८१, बुधबार १५:०९

५ मंसिर, काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएको उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ ।

आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा मनोनयन दर्ता गरेकामध्‍ये ३१ जनाले उम्‍मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ ।

बुधबार राति आयोगले एक विज्ञप्ति जारी गर्दै यसबारेमा जानकारी दिएको हो । आयोगका अनुसार जिल्ला समन्वय समति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्‍यक्ष तथा वडा अध्यक्षका ४४ वटा रिक्त पदमा विभिन्‍न राजनीतिक दलबाट २८९ जना र १२१ जना स्वतन्त्र गरी ४१० जनाको उम्‍मेदवारी परेको थियो ।

यस्तै आयोगका अनुसार निर्वाचन हुने तीन स्थानमा ३ जना निर्विरोध निर्वाचित भएका छन् । ओखलढुंगा र कैलाली जिल्लाको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ ।

यस्तै रुकुम (पूर्वी भाग) को पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएको आयोगको विज्ञप्तिमा जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्